नयाँ दिल्ली, 10 जुलाई (हि.स.)। केही देशकदेखि आतङ्कवाद भारत मात्र नभएर सारा विश्वमा गम्भीर विषय बनेर अघि आएको छ। 11 जुलाई 2006 लाई देशले कहिले बिर्सिन सक्दैन। यस दिन साझँ आतङ्कीहरूले देशको आर्थिक राजधानी मुम्बईलाई यस्तो घाउँ दिए, जसको व्यथा समयको साथ बढ्दै गयो। आतङ्कीहरूले मुम्बई उपनगरीय रेलवे नेटवर्क (जसालई लोकल भनिन्छ) मा लगभग 11 मिनटको अन्तरालमा सात विस्फोट गरे। यसमा 189 जनाको ज्यान गयो र 800 भन्दा धेरै घाइते भए।
पहिलो विस्फोट साझँ 6:24, दोस्रो 6:24, तेस्रो 6:25, चौथो 6:26, पाँचौं 6:29, छैठौं 6:30 र सातौं 6:35 बजी भयो। आतङ्कवादीहरूले केवल वेस्ट र्न लाइनमा कुद्ने लोकल ट्रेनहरूको फर्स्ट क्ला8स कम्पार्टमेन्टलाई तारो बनाए। यी विस्फोटहरूमा प्रेशर कुकरको प्रयोग गरियो। यसबाट ट्रेनहरू पूर्ण रूपमा क्षतिग्रस्त भए। यसको जिम्मेवारी पाकिस्तान पोषित खूंखार आतङ्कवादी संगठन लश्कर-ए-तैयबाले लियो। शुरूआती जाँच पुलिसले गऱ्यो। पछि यसलाई आतङ्कवाद विरोधी दस्ता (एटीएस) लाई सुम्पियो। 20 जुलाईदेखि 03 अक्टोबर 2006 बीच एटीएसले 13 जनालाई पक्राउ गऱ्यो गरी नोभेम्बर 2006 मा अदालतमा आरोप पत्र दर्ता गऱ्यो। 2015 मा विशेष महाराष्ट्र संगठित अपराध नियन्त्रण अधिनियम (मकोका) अदालतले 13 आरोपीमध्ये 12 लाई दोषी ठहर गऱ्यो। यसमध्ये पाँचलाई फांसी र सातलाई जन्मकैदको सजाय सुनायो।
महत्वपूर्ण घटनाचक्र
1889: सोवा बजार क्लब कुनै फुटबल टूर्नामेन्टमा हिस्सा लिने पहिलो भारतीय दल बन्यो।
1921: मंगोलियाले चीनबाट आजादी पायो।
1922: हलीवुड बाउलको शुरुआत।
1948: यरूशलममा पहिलो हवाई हमला।
1973: पेरिस नजिक ब्राजीलको बोइंग विमान दुर्घटनाग्रस्त। 122 जनाको मृत्यु।
1977: मार्टिन लूथर किंग जूनियरलाई मेडल अफ फ्रीडमले सम्मानित गरियो।
1979: अमेरिकी अन्तरिक्ष प्रयोगशालाको स्काई ल्याब विखण्डित भएर अस्ट्रियाको पश्चिमी तट नजिक समुद्रमा झऱ्यो।
1989: 11 जुलाईमा विश्व जनसंख्या दिवसको रूपमा मनाउनु शुरू।
1995: अमेरिका एवं वियतनामबीच कूटनीतिक सम्बन्ध बन्यो।
1995: बोस्नियामा 7000 भन्दा धेरै मानिसको नरसंहार।
2002: चांग शांग दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री बनिन्।
2003: लाहौरमा दोस्ती बस र दिल्लीबाट सदा-ए-सरहद बसको परिचालन शुरू।
2004: एचआईवी-एड्समाथि एशियाई मन्त्रीहरूको सम्मेलन बेङककमा।
2006: मुम्बईको लोकल रेलगाड़ीहरूमा सिलसिलावार बम धमाका।
2008: एप्पलले आईफोन 3जी लाञ्च गऱ्यो।
2008: पाकिस्तानको वजीरिस्तान प्रान्तमा भएको अमेरिकी हवाई हमलामा 11 जना घाइते।
जन्म
1857: पूर्व भारतीय न्यायाधीश एवं राजनेतासी. शंकरन नायर।
1899: राजस्थानका पूर्व मुख्यमन्त्री सीएस वेंकटाचार।
1902: भारतका प्रथण रक्षामन्त्री सरदार बलदेव सिंह।
1956: अंग्रेजी भाषाका साहित्यकार अमिताभ घोष।
निधन
1994: परमवीर चक्रले सम्मानित सेकेन्ड लेफ्टिनेन्ट रामा राघोबा राणे।
2003: आधुनिक हिन्दी साहित्यका प्रमुख स्तम्भ भीष्म साहनी। उनको सबैभन्दा चर्चित उपन्यास तमस हो। यो 1947 को भारत विभाजनका दंगाहरूमाथि केन्द्रित छ।
महत्वपूर्ण दिवस
-विश्व जनसंख्या दिवस।
हिन्दुस्थान समाचार / भवानी थामी