विद्यासागर विश्वविद्यालयमा रद्द भयो छैटौं सेमेस्टरको राजनीति विज्ञानको परीक्षा, प्रश्नपत्रलाई लिएर फेरि विवाद
विद्यासागर विश्वविद्यालयमा रद्द भयो छैटौं सेमेस्टरको राजनीति विज्ञानको परीक्षा, प्रश्नपत्रलाई लिएर फेरि विवाद


मेदिनीपुर, 11 जुलाई (हि.स.)। विद्यासागर विश्वविद्यालयमा फेरि एक पटक परीक्षालाई लिएर विवाद उत्पन्न भएको छ। यसपालि विश्वविद्यालय प्रशासनले छैटौं सेमेस्टरको राजनीति विज्ञानको परीक्षालाई रद्द गर्ने फसेला लिएको छ। परीक्षा रद्द भएको कारण विद्यार्थीहरूमा व्यापक असन्तुष्टि र समस्या देख्न पाइयो।

बताइएको छ, राजनीति विज्ञानको प्रश्नपत्रमा पाठ्यक्रमभन्दा बाहिरको प्रश्न सोधिएको थियो जसले गर्दा विद्यार्थीहरूले आपत्ति जनाए। विश्वविद्यालय प्रशासनले जाँचपछि प्रश्नपत्र सिलेबस अनुरूप नरहेको कुरालाई स्वीकार गऱ्यो र यसै आधारमा परीक्षालाई रद्द गर्ने निर्णय लिइयो।

उल्लेखनीय छ, दुई दिनपूर्व यस विश्वविद्यालयको इतिहास परीक्षामा विवाद उत्पन्न भएको थियो जतिबेला 1933-देखि 1933 सालबीच मेदिनीपुरमा तीन जना ब्रिटिश म्याजिस्ट्रेटहरूको हत्या गर्ने क्रान्तिकारीहरूलाई प्रश्नपत्रमा “आतंकवादी” भनिएको थियो। यसलाई लिएर चर्को आलोचना भएपछि विश्वविद्यालयले खेद व्यक्त गऱ्यो अनि तत्काल कारबाही गर्दै अण्डरग्रेजुएट बोर्ड अफ स्टडीजका चेयरम्यान तथा मडरेशन कमिटीका एकजना सदस्यलाई पदबाट हटाइदियो।

इतिहासको परीक्षालाई लिएर शुरू भएको विवाद साम्य भएकै थिएन फेन राजनीतिक विज्ञानको प्रश्नपत्रलाई लिएर नयाँ विवाद शुरू भएको छ जसबाट विश्वविद्यालय प्रशासनमा खैलाबैला शुरू भएको छ। विश्वविद्यालयको पक्षबाट भनिएको छ, चाँड़ै नै राजनीतिक विज्ञानको परीक्षाको लागि नयाँ तिथि घोषणा गरिनेछ ताकि विद्यार्थीहरूलाई शैक्षणिक क्षति नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande