मणिपुरमा तीन उग्रवादी समातिए, हतियार र दस्तावेज जफत
मणिपुरमा तीन उग्रवादी समातिए, हतियार र दस्तावेज जफत


इम्फाल, 11 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूका केही सफल अभियान अन्तर्गत प्रतिबन्धित उग्रवादी संगठनसित आवद्ध तीन जना क्याडरहरूलाई पक्राउ गरिएको छ। यी उग्रवादीहरूबाट हतियार, गोला-बारूद, मोबाइल फोन र पहिचानसित सम्बन्धित दस्ताजेव जफत गरिएको छ।

पुलिस मुख्यालयद्वारा आज दिइएको जानकारी अनुसार गए 10 जुलाईको दिन बिष्णुपुर जिल्लाको फौगकचाओ-इखाई अवांग लेकैमा संचालित संयुक्त अपरेशनमा पीआरईपीएके (पीआरओ) नामक प्रतिबन्धित संगठनका सक्रिय सदस्य सरंगथेम गोबिन मैतेई उपनाम मारू (36)-लाई पक्राउ गरियो जो सोही क्षेत्रका निवासी हुन्। उबाट एरटेलको सिम भएको मोबाइल फोन जफत गरिएको छ।

यसै दिन ककचिंग जिल्लाको उमाथेल बजारबाट मणिपुर पुलिसले केवाईकेएल (सोरपा) संगठनसित जोड़िएका मयंगलंबम रञ्जीत उपनाम प्रेमचन्द (44)-लाई समात्यो जो उमाथेल मखा लैकेका निवासी हुन्।

यस अतिरिक्त गत 9 जुलाईको दिन इम्फाल वेस्ट जिल्लाको मायंग इम्फाल थाना ममांग लेकै क्षेत्रबाट केवाईकेएल (सोरपा)- का सदस्य मइबम बसन्त मैतेई उपनाम बय (40)- लाई पक्राउ गरियो। बय काकचिंग जिल्लाको वाबगाई थांबल चिंगयाका निवासी हुन् जसमाथि ठगी, अपहरण, बलजफ्ती असुली र नयाँ क्याडरहरूको भर्ती जस्ता आरोपहरू लागेको छ। आरोपीबाट एउटा 9 मिमी पेस्तोल, म्यागजिन, चार वटा जिउँदो कारतूस, दुईवटा मोबाइल, सिम कार्ड र आधार कार्ड, प्यान कार्ड, भोटर आईडी समेत केही दस्तावेजहरू जफत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande