तृणमूल नेता रज्जाक खानको गोली दागी हत्या, क्षेत्रमा तनाउ व्याप्त
तृणमूल नेता रज्जाक खानको गोली दागी हत्या, क्षेत्रमा तनाउ व्याप्त


कोलकाता, 11 जुलाई (हि. स.)। पश्चिम बंगालमा एक पटक फेरि राजनीतिक हिंसाले जन्म लिएको छ। कोलकाता संलग्न दक्षिण 24 परगना जिल्लाको भांगड़ क्षेत्रमा तृणमूल कंग्रेसका सक्रिय नेता रज्जाक खानको बिहीवार अबेर राति अज्ञात आक्रमणकारीहरूले गोली ठोकी हत्या गऱ्यो। यो घटना चलताबेरिया क्षेत्रमा त्यसबेला भयो जतिबेला रज्जाक खान आफ्नो घर फर्किरहेका थिए। रज्जाक खान क्यानिंग पूर्वका तृणमूल विधायक शौकत मोल्लाका निकटवर्ती रहेको बताइन्छ।

स्थानीय सूत्र अनुसार गए बिहीवार राति लगभग 9:45 बजी रज्जाक खानमाथि अचानक हमला गरियो। उनलाई नजिकैबाट गोली दागियो। परिवार अनि स्थानीय मानिसहरूले उनलाई तुरून्त अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

घटनापछि सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ। स्थानीय मानिसहरू एवं समर्थकहरूमा व्यापक रोष छ। उनीहरूले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कड़ा सजाय दिने माग गरिरहेका छन्। क्षेत्रमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।

तृणमूल नेता शौकत मोल्लाले यस हमलाको लागि इण्डियन सेक्युलर फ्रण्टलाई जिम्मेवार ठहराएको छ। उनले आरोप लगाए, यो राजनीतिक हत्या सुनियोजित षड़यन्त्र अन्तर्गत गरिएको हो र यसको पछाड़ि विपक्षी शक्ति छ जो बंगालको शान्तिलाई भंग गर्न चाहन्छ।

हाल पुलिसले हत्याको जाँच शुरू गरेको छ र डग स्क्वाडको सहयोगमा प्रमाण जुटाउने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande