प्रधानमन्त्रीको विदेश यात्रामा भगवन्त मानको टिप्पणीलाई भाजपाले बतायो लज्जास्पद
चुघ


नयाँ दिल्ली, 11 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको यात्रालाई लिएर पञ्जाबका मुख्यमन्त्री भगवन्त मानको टिप्पणीलाई भारतीय जनता पार्टी (भाजपा) ले लज्जास्पद बताएको छ। शुक्रवार भाजपा महासचिव तरूण चुघले भने, प्रधानमन्त्रीलाई विदेशहरूमा प्राप्त हुने सम्मान हरेक भारतीयको निम्ति गर्वको विषय हो। चाहे त्यो कुनैपनि देश किन नहोस्, जब भारतको नेतृत्वलाई वैश्विक मंचमा आँखामा बसाइन्छ तब त्यो क्षण सम्पूर्ण भारतको प्रतिष्ठाको प्रतीक बन्छ। मुख्यमन्त्री भगवन्त मानको बयान लज्जास्पद र हरेक भारतीयको अपमान हो।

सोशल मीडियामा साझा गरिएको बयानमा तरूण चुघले भने, एक निर्वाचित मुख्यमन्त्रीले तुच्छ टिप्पणी गर्नु केवल प्रधानमन्त्रीको होइन तर पूरा देश र स्वयं पञ्जाब जस्तो गौरवशाली राज्यको मुख्यमन्त्री पदको अपमान हो।

उनले भने, यस्तो घमण्ड र यस्तो अभद्रता अब सहन गरिनेछैन। भगवन्त मानले देशसित माफी माग्नुपर्छ र तुरन्तै मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्छ।

उल्लेख्य, प्रधानमन्त्री मोदीको विदेश यात्राहरूलाई लिएर पञ्जाबका मुख्यमन्त्री भगवन्तले बिहिवार प्रेस कन्फ्रेन्समा भने, पीएम मोदी थाहा छैन कुन-कुन देश गइरहेका छन्, जहाँ 140 करोड़ मानिसहरू बसिरहेका छन्, त्यहाँ तपाई बसिरहेका छैनन्। जुन देशमा गइरहेका छन्, त्यसको जनसंख्या 10 हजार र त्यहाँको सबैभन्दा ठूलो अवार्ड पाए। 10 हजार मानिस त जेसीबी हेर्न भारतमा जमा हुन्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande