बलरामपुर, 11 जुलाई (हि.स.)। अवैध रूपमा धर्मान्तरण गराएको मामिलामा पक्रा परेको आरोपी जलालुद्दीन उर्फ छांगुर बाबालाई लिएर यूपी एटीएस शुक्रवार उसको गाउँ मधुपुर स्थित कोठी पुग्यो। यहाँ 40 मिनट रोकिएपछि बाबा छांगुरलाई लिएर टीम पुनः लखनऊ फर्क्यो। यस अवधि बाबाको कोठी वरपर एटीएसको कमान्डो तैनाथ रहे।
वस्तुतः अवैध रूपमा धर्मान्तरण गराएको मामिलामा पक्रा परेको जलालुद्दीन उर्फ छांगुर बाबा र उसकी सहयोगी नसरीन उर्फ नीतू यस समय पुलिस रिमान्डमा छन्। दुवैसित धर्मान्तरण र विदेशी फण्डिङलाई लिएर सोधपुछ चलिरहेको छ। साक्ष्यहरू एकत्र गर्ने उद्देश्यले एटीएसको टीम छांगुर बाबालाई लिएर यहाँ मधुपुर स्थित उसको कोठीमा पुग्यो। यस अवधि मीडियालाई टाढ़ा राखियो र छानबीनको समय पूरा कोठीमा एटीएस कमान्डोको घेरा रह्यो। कुनैपनि अन्जान व्यक्तिलाई त्यहाँ जाने अनुमति थिएन। लगभग 40 मिनटसम्म यहाँ रोकिएर आरोपीसित सोधपुछ गरिएपछि एटीएस छांगुरलाई पुनः आफूसित लगेर गएको छ। छांगुर बाबा जब गाड़ीबाट उत्रियो तब ध्वस्त कोठी देखेर भावुक भएको थियो।
जानकारी अनुसार, एटीएसले कोठीको निरीक्षण गरी धेरै अहम जानकारीहरू जुटायो र छांगुरसित कोठीसित जोड़िएका धेरै प्रश्नहरू सोधियो। यद्यपि, अहिलेसम्म यस मामिलामा कुनै आधिकारिक बयान अघि आएको छैन।
उल्लेख्य, एटीएसले बिहिवार धर्मान्तरणको मास्टरमाइन्ड जलालुद्दीन उर्फ छांगुर बाबा र नीतू उर्फ नसरीनलाई सात दिनको रिमाण्डमा लिएको थियो। यहीबीच प्रशासनले बाबाको कोठीको अवैध हिस्साहरूलाई भत्काएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी