मुम्बई, 11 जुलाई (हि.स.)। लोकप्रिय कमेडियन एवं अभिनेता कपिल शर्मा र उनकी पत्नीको कनाडा स्थित रेस्टोरेन्ट 'कैप्स कैफे' मा गोलीबारीको घटनालाई लिएर एक आधिकारिक बयान जारी गरिएको छ। कपिल शर्माको टीमले घटनामा दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण बतायो। उनको टीमले प्रशंसकहरूसित संयम राख्ने अपील गरेको छ।
कपिल शर्माको टीमले कैप्स कैफेमा भएको गोलीबारीपछि एक आधिकारिक बयान जारी गरेको छ, जसमा उनले घटनामा शोक व्यक्त गर्दै आफ्नो भावनात्मक स्थिति साझा गरेका छन्। बयानमा भनिएको छ, हामीले यस कैफेको शुरूआत मानिसहरूलाई एकसाथ ल्याउन र उनीहरूलाई शानदार कफीको अनुभव दिने उद्देश्यले गरेका थियौं। हाम्रो यो सपना हिंसाको शिकार भयो, यो अत्यन्तै दुर्भाग्यपूर्ण हो। अहिले हामी यस सदमादेखि बाहिर निस्किने प्रयास गरिरहेका छौं तर हामी पछि हट्नेहरूमा होइनौं। तपाई सबैको समर्थनको मनबाटै धन्यवाद। यस कठिन समयमा तपाईले हामीलाई जुन सन्देश पठाए, जुन प्रार्थना गरे, त्यो हाम्रो लागि धेरै ठूलो कुरा हो। हामी तपाईको यस माया र विश्वासको निम्ति सदैव आभारी रहनेछौं।
उनले लेखेका छन्, तपाई सबै हाम्रो साथ खड़ा भएका छन्, यसैले गर्दा यो कैफे तपाईको भरोसा र मायामाथि आधारित छ। आउनुहोस्, हामी सबै मिलेर हिंसा विरूद्ध एकजुट हौं। आउनुहोस्, विश्वलाई फेरि भरोसा दिलाऔं कि हाम्रो कैफे एक यस्तो ठाउँ हो, जसले मानिसहरूलाई जोड्दछ, तोड्दैन। छिट्टै भेट्नेछौं।
कपिल शर्माको कैफे लामो समयदेखि चर्चामा छ। कपिल र उनकी पत्नी गिन्नीले कैफेका फोटोहरू सोशल मीडियामा साझा गरेका थिए। तर जबदेखि कैफेमा भएको गोलीबारीको भीडियो सोशल मीडियामा भाइरल भएको छ, यस घटनाले सबैलाई छक्क पारेको छ। यद्यपि, यस गोलीबारीमा कोही घाइते भएन। खालिस्तानी आतङ्की हरजीत सिंह लाडीले हमलाको जिम्मा लिएको छ र कपिलले अझ् गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी