आतङ्की फण्डिङ मामिलामा एसआईएले जम्मू-कश्मीरमा तीन ठाउँ छापा माऱ्यो
आतङ्की


श्रीनगर, 11 जुलाई (हि.स.)। राज्य जाँच एजेन्सी (एसआईए) ले आतङ्की वित्तपोषणसित जोड़िएको एक मामिलामा जम्मू, डोडा र हन्दवाड़ामा तीन ठेगानामा तलाशी अभियान चलायो। यस अभियानमा महत्वपूर्ण साक्ष्य भेटिएको छ, जसबाट जम्मू-कश्मीरमा आतङ्कवादलाई प्रोत्साहन दिने गुप्त वित्तीय नेटवर्कको पर्दाफास भएको छ।

एक अधिकारी अनुसार, यस अभियानको उद्देश्य क्रिप्टोकरेन्सीको माध्यमले सीमा पारीबाट फण्डिङसित जोड़िएको एक जटिल षड़यन्त्रको पर्दाफास गर्न महत्वपूर्ण साक्ष्य जुटाउनुथियो, जसबाट जम्मू-कश्मीरमा शान्ति भंग हुने आशंका छ। यो तलाशी अभियान एफआईआर संख्या 12/2022 अन्तर्गत चलिरहेको जाँचको हिस्सा हो, जुन गैरकानूनी गतिविधिहरू (रोकथाम) अधिनियमको धारा 18, 38 र 39 का साथै भारतीय दण्ड संहिताको धारा 120बी, 121 र 121ए अन्तर्गत पुलिस स्टेशन सीआई-एसआईए कश्मीरमा दर्ता छ। तलाशी अभियानको लक्ष्य ती व्यक्तिहरूको पहिचान गर्नुथियो, जसले युवाहरूलाई भारत विरूद्ध भड्काइरहेका छन्, जसबाट राष्ट्रिय सुरक्षालाई खतरा उत्पन्न हुनसक्छ।

बयानमा अघि भनियो, जफत गरिएका वस्तुहरू, इलेक्ट्रोनिक उपकरणहरूबाट एसआईएलाई यी राष्ट्र-विरोधी गतिविधिहरूलाई परिणाम दिने सह-षड़यन्त्रकारीहरू र सहयोगीहरूको पहिचान गर्ने र उनीहरूलाई समात्नमा मद्दत पाइने अनुमान छ। एसआईए आतङ्कवाद र उसका समर्थन तन्त्रहरूलाई जरैबाट उखेलेर फ्याक्न दृढ़ छ, जसमा क्रिप्टोकरेन्सी आधारित फण्डिङ जस्ता तरीका पनि सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande