प्रय़ागराज, 11 जुलाई (हि.स.)। धूमनगंज थाना क्षेत्रमा प्रीतमनगर मोहल्लामा बिहिवार राति एक विवाहिताको शव घरभित्र भेटियो। पुलिसले मृतकाको माइतीको शिकायतमा दाइजो हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
अपर पुलिस उपायुक्त नगर अभिजीत कुमारले बताए, धूमनगंज थाना क्षेत्रको प्रीतमनगर मोहल्लामा बिहिवार राति दीपा यादव (31) पत्नी धनराज सिंहको रहस्यमय परिस्थितिमा मृत्यु भयो। माइतीको सूचनामा घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। मृतकाको माइतीको भनाई छ, उसको दुई वर्ष अगाड़ी बिहे भएको थियो। बिहे भएदेखि ससुराली पक्षले उसलाई दाइजोको निम्ति प्रताड़ित गरिरहेका थिए। उनीहरूको माग पूरा भएन। यसैले दीपा यादवको हत्या गरियो। पुलिसले दाइजो हत्याको मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी