एएआईबीले एयर इण्डियाको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट जारी गऱ्यो
एयर इण्डियाकाे हवाई जहाज


नयॉं दिल्ली, 12 जुलाई (हि.स.)। विमान दुर्घटना जॉंच ब्यूरो (एएआईबी) ले अहमदाबादमा एयर इण्डिया (एआई 171) दुर्घटनामा आफ्नो प्रारम्भिक रिपोर्ट जारी गरेको छ। एयर इण्डियाले 15 पेजको प्रारम्भिक रिपोर्ट पाएको पुष्टि गरेको छ।

एयर इण्डियाले एक्स ह्यान्डलमा भनेको छ, 'एयर इण्डिया (एआई 171) दुर्घटनाबाट प्रभावित परिवारहरू र अन्य मानिसहरूको साथमा एकजुटमा उभिएको छ। हामी यस क्षतिमा शोक व्यक्त गर्दछौं र यस कठिन समयमा सहायता प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।'

विमानन कम्पनीले भनेको छ, 'हामीलाई विमान दुर्घटना जॉंच ब्यूरोबाट 12 जुलाईका दिन जारी प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ। एयर इण्डिया नियामकहरूसहित हितधारकहरूसॅंग मिलेर काम गरिरहेको छ। हामी एएआईबी र अन्य प्राधिकारहरूसॅंग उनीहरूको जॉंचमा पूर्ण सहयोग जारी राख्ने छौ। जॉंचको सक्रिय प्रकृतिलाई हेर्दा हामी विशिष्ट विवरणहरूमाथि टिप्पणी गर्न असमर्थ छौं। हामी सबै विवरण विमान दुर्घटना जॉंच ब्यूरोलाई पठाइरहेका छौं।

उल्लेखनीय छ, गुजरातको अहमदाबाटमा भएको यस दुर्घटनामा 260 जनाको मृत्यु भएको थियो। यसमा 299 यात्री, 12 चालक दलका सदस्य र 19 जमिनमा उपस्थित मानिसहरू सामेल थिए। यस रिपोर्टमा विमान उडेको 90 सेकेण्डभित्र घटित भयावह क्रमको वर्णन छ। विमानको दुईवट इन्जिन शुरुवाती चढाईको क्रममा अप्रत्याशित रूपमा बन्द भयो। यस कारण विमानको थ्रस्ट धेरै कम भयो र विमान द्रुत गतिमा तल झर्न थाल्यो।

यस विमान दुर्घटनाको अन्तिम रिपोर्ट केही महिनापछि आउने आशा गरिएको छ। यो विमान दुर्घटना 12 जूनमा भएको थियो। यस दुर्घटनालाई वर्तमान इतिहासमा देशमा भएको सबैभन्दा घातक विमानन दुर्घटना बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande