नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। दिल्लीको वेलकम क्षेत्र स्थित जनता कोलोनीमा शनिवार बिहान एक चार तले भवन अचानक ढल्यो। यो दुर्घटना बिहान लगभग 7 बजी भयो, जब अधिकतर मानिसहरूले आफ्नो काममा जाने तयारी गरिरहेका थिए।
मामिलाको सूचना पाउनसाथ दकमलको सात गाड़ी घटनास्थलमा पुग्यो र बचाउ कार्य शुरू गऱ्यो। दमकल विभागका निदेशक अतुल गर्ग अनुसार अहिलेसम्म दमकलर्मीहरूले आठ जनालाई अवशेषबाट बाहिर निकालेर अस्पतालमा भर्ती गराएका छन्, जहाँ सबैको उपचार भइरहेको छ। अहिले बचाउ कार्य जारी छ।
प्रत्यक्षदर्शीहरू अनुसार, अवशेषमा 10 देखि 12 जना थिचिएको आशंका छ। घटनास्थलमा दिल्ली पुलिस, दमकल र एनडीआरएफको टीम राहत र बचाउ कार्यमा जुटेको छ। स्थानीय मानिसहरूले बताए, यो बिल्डिङ धेरै पुरानो थियो र केही हिस्साहरू चर्किएका पनि थिए।
हिन्दुस्थान समाचार / भवानी थामी