ग्वालपाड़ा (असम), 12 जुलाई (हि.स.)। ग्वालपाड़ा जिल्लाको पाइकान क्षेत्रमा शनिवार बिहान प्रशासनद्वारा व्यापक रूपमा अतिक्रमण हटाऔं अभियान शुरू गरियो।
प्राप्त जानकारी अनुसार यो अभियान 1038 बिघा सरकारी जमीनमा संचालन भइरहेको छ जसलाई अवैध रूपमा कब्जा गगरेका लगभग 1080 परिवारहरूलाई हटाउने प्रक्रिया प्रशासनलेे शुरू गरेको छ।
यो अभियान आज भोर बिहान 6 बजेदेखि शुरू गरियो जसमा कुनै पनि प्रकारको कुनै अप्रिय घटनाको सामना गर्नको लागि छैटौं बटालिनका जवानहरूलाई व्यापक रूपमा तैनाथ गरिएको छ।
प्रशासनद्वारा पूर्व सूचना दिइएको कारणले कतिपय मानिसहरू स्वेच्छाले त्यहाँबाट अन्यत्र गएका छन् भने अन्यलाई हटाउने कारबाही अहिले पनि जारी छ। स्थितमाथि प्रशासनले निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा