नयॉं दिल्ली, 12 जुलाई (हि.स.)। मराठा सैन्य परिदृश्यलाई यूनेस्कोको विश्व धरोहर सूचीमा सामेल गरिएको छ। यसका साथै, यो मान्यता प्राप्त गर्ने भारतको 44औं सम्पत्ति बनेको छ।
शुक्रवार पेरिसमा विश्व धरोहर समितिको 47औं सत्रमा उक्त निर्णय लिइएको हो। यो वैश्विक सम्मान भारतको चिरस्थायी सांस्कृतिक विरासतको उत्सवको प्रतीक हो। प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस ऐतिहासिक उपलब्धिको सराहना गर्दै भारतवासीहरूलाई बधाई दिएका छन्।
भारतको मराठा सैन्य परिदृश्यमराठा सैन्य परिदृश्य 12 किल्ला र दुर्गहरूको एउटा नेटवर्क हो, जुन 17औं-19औं शताब्दीमा मराठा शासकहरूको असाधारण सैन्य प्रणाली र रणनीतिको प्रतिनिधित्व गर्दछ। महाराष्ट्रको 390 भन्दा धेरै किल्लाहरू मध्ये केवल 12 लाई यस नामाङ्कन अन्तर्गत चयन गरिएको छ।
मराठा सैन्य परिदृश्यमा 12 किल्ला छन्। यसमा सालहेर किला, शिवनेरी किला, लोहगढ़, खन्डेरी किला, रायगढ़, राजगढ़, प्रतापगढ़, सुवर्णदुर्ग, पन्हाला किला, विजय दुर्ग, सिंधुदुर्ग र जिंजी किल्ला सामेल छन्। यसमा आठ किल्ला भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) द्वारा संरक्षित छन् भने रहल चार महाराष्ट्र सरकारको पुरातत्व एवं संग्रहालय निदेशालय अधीन छन्।
हिन्दुस्थान समाचार / भवानी थामी