बीरभूम, 13 जुलाई (हि.स.)। जिल्लाको सांइथियामा गए शनिवार अबेर राती तृणमूल कंग्रेसका अञ्चल अध्यक्ष पियूष घोष (42)-को गोली दागी हत्या गरियो।
प्राप्त जानकारी अनुसार मृत पियूष घोष बीरभूम जिल्ला अन्तर्गत सांइथियाको श्रीनिधीपुर अञ्चलस्थित कोमरपुर गाउँका निवासी थिए। उनी सांइथिया पञ्चायत समितिका कृषि कर्माध्यक्ष औ श्रीनिधीपुर अञ्चलका तृणमूल कंग्रेस अध्यक्षको पदमा कार्यरत थिए।
उनको परिवार अनुसार गए शनिवार राती लगभग 10:30 बजे पियूष आफ्नो घरमा फर्केका थिए। लगभग आधा घण्टापछि कुनै व्यक्तिले उनलाई फोन गरेर गाउँको मोड़मा बोलायो। त्यहाँ पुग्दा उनलाई शिरमा गोली दागियो। घटनापछि तृणमूलका स्थानीय कार्यकर्ता एवं परिवार तुरून्त घटनास्थलमा पुगेअनि उनलाई बोलपुर महकुमा अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
परिवारले यस हत्याको पछाड़ि राजनीतिक कारण रहेको हुनसक्ने आशंंका व्यक्त गरेको छ। उनीहरूको भनाइ छ, पियूष घोषलाई अञ्चल अध्यक्ष बनाइएपछि उनलाई पदबाट हटाउने षड़यन्त्र अन्तर्गत यो हत्या गरियो। तथापि उनीहरूले कुनै नाम विशेषविरूद्ध सिकायत गरेका छैनन्।
घटनापछि पुलिसले जाँच शुरू गरेको छ र अहिलेसम्ममा दुईजना महिला र एकजना युवकलाई हिरासतमा लिइएको छ। तथापि यो समाचार लेखुञ्जेलसम्म कसैलाई पनि पक्राउ गरिएको पुष्टि गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा