गान्तोक, 14 जुलाई (हि.स.)। सिक्किम अमेचुअर स्वीमिङ एसोसिएशनले आइतवार 2.5 किलोमिटर स्विमाथन सफलतापूर्वक आयोजन गऱ्यो। तीन वर्ग अण्डर-12, अण्डर-15 र अण्डर-17 अन्तर्गत आयोजित यस प्रतियोगितामा राज्यभरिबाट कूल 37 जनाले भा लिए।
सबै सहभागीहरूले उल्लेखनीय सहनशक्ति र खेल भावना प्रदर्शन गर्दै चुनौतीपूर्ण दूरी पूरा गरे। यो कार्यक्रमले युवाहरूमाझ लामो दूरीको पौडी खेल्न प्रोत्साहन गर्न र उच्च-स्तरीय प्रतियोगिताहरूको लागि तयारी गर्न मञ्चको रूपमा काम गरेको बताइएको छ।
एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले प्रतिभागीहरूको प्रयासको सराहना गर्दै राज्यमा जलीय खेलकुदमा बढ्दो चासो र प्रतिभाप्रति गर्व व्यक्त गरे। उनले आगामी 23-24 अगस्त, 2025 मा राज्य स्वीमिङ च्याम्पियनशीप आयोजना गरिने जानकारी पनि गराए। विजयी प्रतिभागीहरूलाई संस्थाका अध्यक्ष र महासचिवको बाहुलीद्वारा मेडल र प्रमाणपत्रहरू वितरण गरियो।
यस अवसरमा राज्यका एक वरिष्ठ साहित्यकार पद्मश्रीले सम्मानित सानु लामाको निधनमा शोक व्यक्त गर्दै मौन धारण गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल