खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न
सेफ ड्राइभ सेभ लाइफ


खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिद्ध पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत आज ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरियो। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्री, एएसआई राकेश गजमेर, स्वेता मण्डल लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थी नानीहरुलाई ट्राफिक सुरक्षा विषयमा सचेतना गराए। उनले विद्यार्थीहरुले आफ्नो युनिफर्ममा‌ बाइक र स्कूटी नचलाउन सुझाउ दिए भने चलाए पनि लाइसेन्स हुनु पर्ने र अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने बताए। उनले बाइक र स्कूटीमा तीनजना चढेर नकुदाउन सचेत गराए।

उनले विद्यार्थी नानीहरुलाई ड्रग्सको विषयमा पनि सचेत गराए। उनले भने, ड्रग्स सेवनले जेल पनि हुनसक्छ। नानीहरुले भविष्य निर्माण गर्नुपर्छ, ड्रग्सको कुलतमा पर्नु हुँदैन। नानीहरुले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ्नु पर्छ र अभिभावकहरुलाई आइफोन, बाइक स्कूटीको माग गर्नु हुॅंदैन।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande