साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन
साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन


गान्तोक, 14 जुलाई (हि.स.)। साहित्य अकादेमी नयाँ दिल्लीका सचिव डा. के. श्रीनिवास रावले आज गान्तोकको जीवन थिङ मार्ग नजिकै अवस्थित साहित्यकार सानु लामाको निवासमा पुगेर उनलाई श्रद्धासुमन अर्पण गरे। उनी यस समय अकादेमीका उप-सचिव डा. देवेन्द्र कुमार देवेशको साथमा सिक्किम आएका छन्।

पद्मश्रीद्वारा विभूषित सानु लामाले सन् 1993-मा उनको साहित्यिक कृति मृगतृष्णा-का निम्ति साहित्य अकादेमी पुरस्कार प्राप्त गरेका हुन्।

अकादमीका सचिव डा. श्रीनिवासरावले साहित्यकार सानु लामाका कृति मृगतृष्णा र हिमालचुली मुन्तिरबारे पनि चर्चा गरे। नेपाली साहित्यलाई समृद्ध बनाउन साहित्यकार सानु लामाले दिएको अमूल्य योगदानलाई सदैव अकादेमीले सम्झना गर्ने बताउँदै डा. श्रीनिवासरावले उनको निधन नेपालीभाषी समाजमा एक अपुरणीय क्षति होभने।

साहित्यकार लामालाई श्रद्धाञ्जलि चढाउन साहित्य अकादेमी नयाँ दिल्लीका सचिव र उप-सचिवसँग साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका समन्वयक डा. शङ्करदेव ढकाल पनि साथमा थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande