गान्तोक, 14 जुलाई (हि.स.)। सिक्किमको राजभवन, साहित्य अकादेमी नयॉं दिल्ली र सिक्किम विश्वविद्यालयको हिन्दी विभागको संयुक्त तत्वावधानमा आज आशीर्वाद भवनमा 'समकालीन परिदृश्यमा लोक भाषा, साहित्य र संस्कृति विशेष सन्दर्भ: पूर्वोत्तर भारत' विषयमाथि एक विशेष परिसंवादको आयोजन गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा भने, भाषा केवल संवाद होइन, यो हाम्रो अस्मिता हो। जब कुनै भाषा विलुप्त हुन्छ, त्यससॅंगै सारा संस्कृति र सभ्यता पनि हराउॅंछ। उनले भारतीय भाषाहरूको संरक्षणको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएका प्रयासहरूको उल्लेख गर्दै भने, भारत विश्वको एकमात्र यस्तो देश हो, जहॉं 11 भाषालाई शास्त्रीय मान्यता प्राप्त छ।
राज्यपालले कार्यक्रमको सफल आयोजनको लागि साहित्य अकादेमीलाई बधाई दिए। उनले भने, लोक भाषा, साहित्य एवं संस्कृतिमा केन्द्रित यो परिसंवाद आजको समयको माग हो। उनले वर्तमान वैश्वीकरणको समयमा स्थानीय भाषा र परम्पराहरू संकटग्रस्त अवस्थामा छन् भन्ै यस्ता आयोजनहरूले समाजलाई आफ्नो जरासॅंग जोडिन प्रेरणा मिल्नेछ भनी बताए।
कार्यक्रममा राज्यपालको बाहुलीद्वारा कञ्चनजङ्घा पत्रिकाको अरुणाचल प्रदेश विशेषांकको ई—लोकार्पण गरियो, जसलाई पूर्वोत्तर भारतको सांस्कृतिक चेतनालाई वैश्विक मञ्च प्रदान गर्ने अभिनव प्रयास मानिएको छ। पत्रिकाको विषयमा अतिथि सम्पादक डा. राजीव रंजन प्रसादले सम्पादकीय पक्षमाथि प्रकाश पारे।
कार्यक्रममा साहित्य अकादेमीका सचिव डा. के. श्रीनिवास राव, सदस्य साहित्य अकादमी, प्रो. देवराज, प्रो. हाड़ा, प्रो. ब्रजरतन जोशी, सिक्किम विश्वविद्यालयका कार्यकारी कुलपति प्रो. अभिजीत दत्ता, हिन्दी विभागाध्यक्ष प्रो. प्रदीप के. शर्मा, डीन प्रो. रोजी चामलिङ, राइटर-इन-रेजिडेन्स डा. प्रदीप त्रिपाठी, मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकाल, नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेल आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल