पुरूलियामा घना वर्षाको कारण पुल भत्कियो, केही गाउँहरू सम्पर्क विहीन
पुरूलियामा घना वर्षाको कारण पुल भत्कियो, केही गाउँहरू सम्पर्क विहीन


पुरुलिया, 14 जुलाई (हि.स.)। पुरुलिया जिल्लामा लगातार परिरहेको पानीले गर्दा गए आइतवार साँझ एउटा पुल भत्कियो फलस्वरूप यस क्षेत्रका अधिकांश गाउँहरू सम्पर्क विहीन भएका छन्। यस घटनाबाट स्थानीय मानिसहरू चिन्तित भएका छन्। पुल भत्किएको कारणले सोमवार बिहान स्थानीय मानिसहरूलाई विविध समस्याको सामना गर्नु पऱ्यो।

जानकारी अनुसार बलरामपुर थाना अन्तर्गत नेकड़े-देउली गाउँको छेउबाट एउटा शाखा नदी बग्छ। यस नदीको एकातर्फ गड़गा, काशिडी र पौनबाइद गाउँहरू अवस्थित छन् भने अर्को तर्फ अयोध्या पाहड़तली, चिरूगोड़ा एवं पारडी गाउँहरू छन्। यो पुलले यी क्षेत्रका मानिसहरूकोलागि बलरामपुर आउने-जाने मुख्य माध्यम थियो।

प्रत्येक दिन सयकड़ौं मानिसहरू यस पुलको माध्यमबाट आवागमन गर्दथे। तर आइतवार तीव्र वर्षाको कारणले पुलको एक भागलाई बगायो जसले गर्दा दुवै किनारका गाउँहरूबीच सम्पर्क पूर्ण रूपले विच्छिन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande