बराकका मानिसहरूको लागि राहतको समाचार, बदरपुर-जोवाई एनएच-6 जुलाई 15 देखि खोलिनेछ
बराकका मानिसहरूको लागि राहतको समाचार, बदरपुर-जोवाई एनएच-6 जुलाई 15 देखि खोलिनेछ


कछार (असम), 14 जुलाई (हि.स.)। असमको बराक उपत्याकाका निवासीहरूको लागि एउटा राहतको समाचार छ। लगभग दुई महिनादेखि बन्द अवस्थामा रहेको बदरपुर-जोवाई-गुवाहाटी राष्ट्रिय राजमार्ग-16 अब आगामी 15 जुलाईदेखि पुनः खोलिनेछ।

कछार जिल्लाको काटिगोरामा बराक नदीमाथि निर्मित गेमन पुल मरम्मत भइरहेकोले योमार्ग बन्द भएको थियो जसले गर्दा बराक उपत्याका मात्र नभएर मणिपुर, मिजोरम र त्रिपुरा जस्ता छिमेकी राज्यहरू पनि देशका अन्य भागहरूदेखि लगभग विच्छिन्न भएका थिए।

बराक उपत्याकाको जीवन रेखा मानिने यस महत्वपूर्ण राजमार्गलाई चाँड़ै संचालनमा ल्याउनको लागि राज्य सरकारले लगातार प्रयास गरिरहेको छ। निर्माणएजेन्सीएनएचआईडीसीएलले युद्ध स्तरमा मरम्मत कार्य गरिरहेको छ।

दुई दिनपूर्व बराक विकास मन्त्री कौशिक रायले दिसपुरमा एनएचआईडीसीएलका वरिष्ठ अधिकारीहरूसित बैठक गरेका थिए। उनले सोमवार बताए, आगामी 15 जुलाईदेखि गेमन पुललाई पुनः यातायातको लागि खोलिनेछ।

यसै क्रममा आइतवार राज्यका मुख्य सचिव रवि कोटाले कछार अनि हैलाकान्दी जिल्लाका उपायुक्त तथा एनएचआईडीसीएलका अधिकारीहरूसित मिलेर पुलको निरीक्षण गरे अनि मरम्मत कार्यको प्रगतिको जायजा लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande