दिल्लीमा 'प्रतिरूप' प्रदर्शनी: एशियाको सांस्कृतिक एकतालाई दर्शाउँछ मुखौटोले
दिल्लीमा 'प्रतिरूप' प्रदर्शनी: एशियाको सांस्कृतिक एकतालाई दर्शाउँछ मुखौटोले


- राष्ट्रिय शिल्प संग्रहालयमा आगामी 23 जुलाईसम्म रहनेछ यो अनौठो प्रदर्शनीनयाँ दिल्ली, 14 जुलाई (हि.स.)। एशियाको सांस्कृतिक विविधता औ आध्यात्मिक एकतालाई अद्वितीय चित्रण गरिरहेको ‘प्रतिरूप : एशियाको सांस्कृतिक समन्वितिमा मुखौटे’ नामक विशेष प्रदर्शनीले अहिलेघरि राष्ट्रिय शिल्प संग्रहालय, दिल्लीमा दर्शकहरूलाई आकर्षित गरिरहेको छ। आगामी 23 जुलाईसम्म जारी रहने योप्रदर्शनीमा भारत, कोरिया, भियतनाम, श्रीलंका, तिब्बत, थाईल्याण्ड, चीन र म्यान्मारबाट ल्याइएका पारम्परिक मुखौटोलाई प्रदर्शन गरिएको छ।

गत शनिवार प्रदर्शनीको उद्घाटन यूनेस्कोकी संस्कृति प्रमुख जुन्ही हान औ भारत सरकारको राष्ट्रिय स्मारक प्राधिकरणका अध्यक्ष प्रो. केके बासाले संयुक्त रूपमा गरे। यस अवसरमा यूनेस्को दिल्लीका निदेशक टिम कर्टिस, ओडी कला केन्द्र, ओडिशाका संस्थापक पीके दाश, विख्यात कलाकार जतिन दास, संगीत नाटक अकादमीकी पूर्व सचिव हेलेन आचार्य तथा अन्य गणमान्य अतिथि उपस्थित थिए।

प्रदर्शनीको आयोजन राष्ट्रिय शिल्प संग्रहालय, पूर्वाशा फोक एण्ड ट्राइबल आर्ट म्यूज़ियम औ ओड़ी आर्ट सेन्टर, ओडिशाको संयुक्त प्रयासमा गरिएको हो भने प्रदर्शनीको संयोजन राष्ट्रिय शिल्प संग्रहालयकी उपनिदेशक निधि कामरा र ओडी कला केन्द्रकी अन्तर्राष्ट्रिय क्यूरेटर एवं एशियाली लोक एवं परम्परा संस्कृति अनुसन्धान संस्थान (सीआरआईएएफटी)- की निदेशक पार्क येओन ओकको निर्देशनमा गरिएको छ।

प्रदर्शित मुखौटोहरूले सौन्दर्यशास्त्रलाई मात्र प्रतिनिधित्व गर्दैन जबकि धार्मिक अनुष्ठान, आत्मिक विश्वास, लोकनाट्य परम्परा एवं पारम्परिक रंगमञ्चको जीवन्तताको प्रतीक पनि हो। हरेक मुखौटोले एउटा कथा भनिरहेको छ। यस्तो कथा जसले समय-सीमादेखि माथि उक्लेर सम्पूर्ण एशियाको साझा सांस्कृतिक विरासलाई जोड़्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande