परिवीक्षा अधिकारीहरूले राज्यपालसॅंग गरे शिष्टाचार भेट
परिवीक्षा अधिकारीहरूले राज्यपालसॅंग गरे शिष्टाचार भेट


गान्तोक, 14 जुलाई (हि.स.)। राजभवन सिक्किममा आज आयोजित एक कार्यक्रममा सिक्किम लोक सेवा आयोग अन्तर्गत चयनित परिवीक्षा (प्रोबेशन) अधिकारीहरूले राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा राज्यपालले प्रशिक्षु अधिकारीहरूसॅंग प्रेरक संवाद साझा गर्दै अधिकारीहरूलाई विकसित भारत 2047 को परिकल्पनाको वाहक बताए।

राज्यपालले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको सपना तपाईहरू जस्ता युवा अधिकारीहरूको समर्पण र नवाचारमाथि आधारित छ। तपाईहरूको पोस्टिङ जतै भए पनि, त्यहॉं सबैभन्दा पहिला लगू गर्नुहोस्, यो नै तपाईहरूको देश र राज्यप्रति योगदानको पहिचान हुनेछ।

यस अभिमुखीकरण कार्यक्रमको माध्यमद्वारा नवनियुक्त अधिकारीहरूले राज्यपालको मार्गदर्शन प्राप्त गरे, जसले उनीहरूको सेवा यात्राको दिशा, दृष्टि र दायित्वलाई प्रेरणा प्रदान गर्ने अनुभव बनेको राजभवनले बताएको छ।

राज्यपालले नवनियुक्त अधिकारीहरूलाई स्वस्थ जीवनशैली अपनाउन जोड दिॅंदै भने, भाषा र संस्कृतिको संरक्षण एवं संवर्धन हाम्रो पहिचानको मूल आधार हो। उनले सदैव आफ्नो जरासॅंग जोडिएर बस्न आह्वान पनि गरे।

कार्यक्रममा 18 अण्डर सेक्रेटरी, 30 लेखा अधिकारी, कार्मिक विभागका सचिव रिन्जिङ छेवाङ भोटिया, अतिरिक्त सचिव एवं एटीआई निदेशक महेश शर्मासहित अन्य अधिकारीहरू पनि उपस्थित थिए। यस अवसरमा महेश शर्माले प्रशिक्षणको रूपरेखा प्रस्तुत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande