गान्तोक, 14 जुलाई (हि.स.)। सिक्किम आवास एवं विकास बोर्डका नवनियुक्त चेयरमेन कर्म टाशी भोटियाले आफ्नो कार्यभार सम्हालेका छन्। उनले गत शुक्रवार राजधानीको चर्च रोडस्थित बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाले।
यस अघि पनि भोटिया बोर्डका चेयरमेन थिए भने उनको कार्यकालमा महत्वपूर्ण विकास कार्यहरू भएको बोर्डले आज विज्ञप्तिमा जनाएको छ। बोर्डका सचिव राजेश प्रधानले चेयरमेनलाई स्वागत जनाउॅंदै भने, उहॉंको विशिष्ट अनुभव र दूरदर्शी नेतृत्वले बोर्डको लागि उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्न र विकासका नयॉं अवसरहरूको खोजीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
नवनियुक्त चेयरमेन भोटियाले दोस्रो पटक चेयरमेनको रूपमा बोर्डमा सामेल हुन पाएकोमा खुशी व्यक्त गर्दै आफूमाथि निरन्तर विश्वास व्यक्त गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। उनले राज्यमा आवासको समग्र सुधारको लागि काम गर्ने प्रतिबद्धता दोहोऱ्याएका छन्।
हिन्दुस्थान समाचार / बिशाल