सिक्किम विधानसभा अध्यक्ष पीठासीन अधिकारीहरूको समितिको बैठकमा भाग लिन मध्य प्रदेशमा
सिक्किम विधानसभा अध्यक्ष पीठासीन अधिकारीहरूको समितिको बैठकमा भाग लिन मध्य प्रदेशमा


गान्तोक, 14 जुलाई (हि.स.)। सिक्किम विधानसभा अध्यक्ष मिङ्गमा नर्बु शेर्पा, विधानसभा सचिव ललित कुमार गुरुङ र विधानसभा अध्यक्षका पीएस आदर्श छेत्री मध्य प्रदेश विधानसभामा आयोजित 'समिति प्रणालीको समीक्षाको लागि पीठासीन अधिकारीहरूको समिति' को बैठकमा सहभागी बने।

यस समितिमा मध्य प्रदेश, हिमाचल प्रदेश, राजस्थान, पश्चिम बंगाल, उत्तर प्रदेश, ओडिशा र सिक्किमका विधानसभा अध्यक्षहरू सामेल छन्। मध्य प्रदेश विधानसभाका अध्यक्ष नरेन्द्रसिंह तोमर यस समितिका चेयरमेन हुन्।

समितिले राज्य विधानमण्डलहरूमा अवस्थित समिति प्रणालीको व्यापक समीक्षाका विभिन्न पक्षहरूमा छलफल गर्‍यो। बैठक अघि मध्य प्रदेश विधानसभा परिसरमा विरुवा रोपण अभियान सम्पन्न गरिएको थियो।

सिक्किम विधानसभा अनुसार, दिवा भोजनको समयमा मध्य प्रदेशका राज्यपाल मङ्गुभाई सी. पटेल पनि उपस्थित थिए। विधानसभा अध्यक्ष शेर्पाले बैठकपछि उज्जैन र इन्दोरको पनि भ्रमण गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande