योग्य शिक्षक-शिक्षिकाहरूको नवान्न अभियानलाई लिएर प्रशासन सतर्क, सुरक्षामा ड्रोन तैनाथ
योग्य शिक्षक-शिक्षिकाहरूको नवान्न अभियानलाई लिएर प्रशासन सतर्क, सुरक्षामा ड्रोन तैनाथ


हावड़ा, 14 जुलाई (हि.स.)। नोकरीबाट बर्खास्त योग्य शिक्षक-शिक्षिकाहरूको संगठन योग्य शिक्षक-शिक्षिका एकता मञ्चले सोमवार प्रदेश सचिवालय नवान्न तर्फ मार्च निकालिरहेको छ जसलाई लिएर प्रशासन पहिलाबाटै सतर्क भएको छ। कानून-व्यवस्थालाई कायम राख्नको लाग पुलिसले आइतवारदेखि नै सुरक्षाको बन्दोबस्त गर्न शुरू गरेको थियो।

हावड़ा मैदानदेखि नवान्नसम्म धेरैवटा ठाउँमा फलामको ब्यारिकेडिंग गरिएको छ। फोरशोर रोडमा त झन् सड़कलाई काटेर सीमान्टको ढलाई गरी स्थायी अवरोध बनाइएको छ ताकि आन्दोलनकारीहरूलाई अगाड़ि बढ़्नदेखि रोक्न सकियोस्। यसको साथै नवान्न चतुर्भुज क्षेत्रलाई पूर्ण रूपले सुरक्षा घेरामा राखिएको छ। स्थितिमाथि नजर राख्नको लागि ड्रोन क्यारालाई पनि तैनाथ गरिएको छ।

वास्तवमा नोकरीबाट बर्खास्त शिक्षकहरूले योग्य-अयोग्यको सूची प्रकाशित गर्ने तथा रिभ्यु पिटिशनको माध्यमबाट उनीहरूलाई पुनः नोकरीमा बहाल गर्ने माग गरिरहेका छन्। प्रभावित शिक्षक-शिक्षिकाहरूको भनाइ छ, उनीहरूले धेरै पटक लोकतान्त्रिक ढंगमा आन्दोलन गरिसकेका छन्, तर सरकारको पक्षबाट अहिलेसम्म कुनै ठोस पहल गरिएको छैन। अब उनीहरू पछि हट्न तयार छैनन्। नवान्न अभियानको माध्यमबाट पुनः एकपटक आफ्नो आवाज उठाउन चाहन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande