कमल तामाङ र सुबास सुब्बा एसकेएम सीएलसी अध्यक्ष नियुक्त
कमल तामाङ र सुबास सुब्बा एसकेएम सीएलसी अध्यक्ष नियुक्त


गान्तोक, 14 जुलाई (हि.स.)। सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले गेजिङ बर्मेक र काबि लुङचोकको निम्ति निर्वाचन क्षेत्रस्तरीय (सीएलसी) अध्यक्ष नियुक्त गरेको छ।

एसकेएम महासचिव (मुख्यालय) द्वारा आज जारी नियुक्ति आदेश अनुसार, कमल तामाङलाई एसकेएम पार्टीको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको निम्ति सीएलसी अध्यक्ष नियुक्त गरिएको छ। उनी गेजिङ जिल्लाको दोदक, बिजनबारी, हीपेचरेक निवासी हुन्।

यसरी नै सुबास सुब्बालाई काबि लुङचोक निर्वाचन क्षेत्रको सीएलसी अध्यक्ष नियुक्त गरिएको छ। उनी मंगन जिल्लाको लोवर रोङगोङ निवासी हुन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande