बीएलओ र बीएलओ सुपरभाइजरहरूको लागि प्रशिक्षण
बीएलओ र बीएलओ सुपरभाइजरहरूको लागि प्रशिक्षण


सोरेङ, 14 जुलाई (हि.स.)। बूथ लेवल अफिसर (बीएलओ) र बीएलओ सुपरभाइजरहरूको लागि आयोजित दुई दिवसीय प्रशिक्षण कार्यक्रमको आज पहिलो दिन रिन्चेनपोङ र दरामदिन निर्वाचन क्षेत्रका तीन जना बीएलओ सुपरभाइजर र 36 जना बीएलओ सहभागी बने। सोरेङ पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा जिल्लापाल धिरज सुबेदी, एडीसी (I) डीआर विष्ट, दरामदिनका बीडीओ ओङदी शेर्पा, कलुकका बीडीओ डाब्ग्याल लामा उपस्थित थिए।

सोरेङका जिल्लापाल सुबेदीले प्रशिक्षण विशेष गरी बीएलओ र सुपरभाइजरहरूलाई उनीहरूको भूमिका र जिम्मेवारीहरूको विस्तृत ज्ञान प्रदान गर्न आयोजन गरिएको बताए। उनले मतदाता नामावली संशोधन र विशेष सारांश संशोधनको आवश्यकतामा जोड दिए। जिल्लापालले जनप्रतिनिधि ऐन 1950, नागरिकता ऐन 1955 र यसको संशोधन ऐन 2003 माथि प्रकाश पारे।

यस अतिरिक्त, जिल्लापालले बीएलओद्वारा घर भ्रमणको महत्वमाथि जोड दिॅंदै भ्रमण अवधि गर्नुपर्ने कार्यहरूको बारेमा जानकारी गारए। सहभागीहरूलाई प्रशिक्षणपछिको मूल्याङ्कन प्रक्रियाको बारेमा अवगत गराउॅंदै उनले प्रशिक्षण कार्यक्रमलाई गम्भीरतापूर्वक लिन आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande