दक्षिण 24 परगना, 15 जुलाई (हि.स.)। बंगालको खाड़ीमा माछा समात्ने क्रममा गल्तीले बांग्लादेशी सीमामा छिरेपछि 34 भारतीय मछुआरालाई बांग्लादेश कोस्ट गार्डले हिरासतमा लिएको छ। आइतवार राति लगभग 2 बजी ट्रलरमा सवार 34 भारतीय मछुआरालाई बांग्लादेश तटरक्षकहरूले हिरासतमा लिए। यो घटना मोंगला बन्दरगाहदेखि लगभग 77 नाउटिकल मील टाढ़ा समुद्रमा भयो।
मछुआरा संगठनहरूबाट प्राप्त जानकारी अनुसार, यी सबै मछुआरा पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको सुन्दरबन क्षेत्रका निवासी हुन्। रोजी-रोटीको खोजमा समुद्रमा गएका यी मछुआराहरू अन्धकार र खराब मौसमको कारण बाटो भट्के औं गल्तीले बांग्लादेशको समुद्री सीमामा छिरे।
बांग्लादेशी तटरक्षकहरूले मछुआराहरूको दुवै ट्रलर र बाकी समान पनि जफत गरे। अहिले दुवै ट्रलरलाई मोंगला थानालाई सुम्पिएको छ। मछुआरा संगठनका अधिकारी भारत सरकारसित लगातार सम्पर्कमा छन् ताकि यी मछुआराहरूलाई छिटोभन्दा छिटो रिहा गर्नसकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी