बीएड छात्राको आत्मदाह मामिलामा राहुल गान्धीले ओडिशा सरकारलाई घेरे
राहुल गान्धी


नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। लोकसभामा विपक्षका नेता राहुल गान्धीले ओडिशाको बालासोर जिल्लामा बीएडकी एक छात्राको आत्मदाहको मामिलामा राज्यको भाजपा सरकारमाथि तीखो हमला गरेका छन्। राहुल गान्धीले यस घटनालाई सिस्टमद्वारा गरिएको हत्या बताए औं राज्य सरकारको मौनता एवं कार्यशैलीमाथि प्रश्न खड़ा गरे।

राहुल गान्धीले एक्स पोस्टमा भनेका छन्, ओडिशामा एक बहादुर छात्राले यौन शोषण विरूद्ध आवाज उठाइन् तर उसलाई न्याय दिनका सट्टा धम्काइयो र प्रताड़ित गरियो। उनले आरोप लगाए, जसलाई उसको रक्षा गर्नुथियो, उनीहरूले नै उसलाई बारम्बार अपमानित गरे औं सिस्टमले संधै झैं आरोपीहरूलाई बचाउने काम गऱ्यो। यस दबाउको कारण छात्रालाई आत्मदाह जस्तो कठोर कदम उठाउनुपऱ्यो। राहुलले भने, ओडिशा होस् वा मणिपुर, देशका छोरीहरू जलिरहेका छन्, भित्रैबाट टुटिरहेका छन् र मरिरहेका छन् तर सरकार मौन छ। देशलाई सरकारको मौनता होइन जवाफ चाहियो, उनले माग गरे।

ओडिशाको बालासोर जिल्लामा फकीर मोहन कलेजकी बीएडकी 20 वर्षीय छात्राले सोमवार अबेर राति अन्तिम सास लिइन्। उसले आफूलाई आगो लगाएकी थिइ, जसपछि उ 95 प्रतिशतसम्म जलेकी थिइ। गत तीन दिनदेखि उसले भुवनेश्वरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा जीवन-मृत्युबीच संघर्ष गरिरहेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande