नागाल्याण्ड यूनिवर्सिटीका डीनमाथि सीबीआई सख्त, भ्रष्टाचारको आरोपमा मामिला
सीबीआई


नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। नागाल्याण्ड विश्वविद्यालयमा विज्ञान संकायका डीनमाथि घूसखोरी र गड़बड़ीको शिकायतको आधारमा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले विश्वविद्यालयका वरिष्ठ प्रोफेसर डा. चित्तरञ्जन देबविरूद्ध केस दर्ता गरेको छ। उनी लुमनी क्याम्पसमा विज्ञान संकायका डीन, शैक्षणिक र प्रशासनिक गुणवत्ता सुधार (आईक्यूएसी) का निदेशक र वनस्पति विज्ञान विभागमा प्रोफेसरको पदमा तैनाथ छन्।

सीबीआईद्वारा 12 जुलाईमा दर्ता गरिएको एफआईआरमा आरोप लगाइएको छ कि डा. देबले निजी आर्थिक लाभको मनसायले वैज्ञानिक उपकरणहरू र उपभोग्य सामग्रीहरूको खरीदमा गड़बड़ी गरे। उनले आपूर्ति आदेशहरूमा केही कम्पनीहरू र बोलीदाताहरूलाई गलत तरीकाले फायदा पुऱ्याएको, जसको सट्टा उनले घूस लिएको र विश्वविद्यालयलाई नोकसान पुऱ्याएको आरोप छ।

सीबीआईले यस मामिलामा जोरहाट (असम), लुमनी (नागाल्याण्ड) र अगरतला (त्रिपुरा) सहित धेऱै ठाउँ छापा माऱ्यो। यो तलाशी अभियान 12 जुलाई र त्यसपछि चलाइयो। छापामारीमा सीबीआईलाई घूस लेन-देनसित जोड़िएका आपत्तिजनक दस्तावेज र टेन्डरसित सम्बन्धित अहम कागजपत्र प्राप्त भएको छ।

सीबीआईको भनाई छ, यो मामिला एक पूर्व नियोजित भ्रष्ट योजनाको हिस्सा प्रतीत हुन्छ, जसमा आरोपीले निजी फायदा कमाउन आफ्नो पदको दूरूपयोग गऱ्यो। अहिले जाँच जारी छ र एजेन्सीले सबै दस्तावेजहरू र साक्ष्यहरूको गहराईले छानबीन गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande