नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। यमनमा हत्याको मामिलामा मृत्युदण्ड पाउने केरलकी निमिषा प्रियाको फांसीलाई स्थगित गरिएको छ। उसलाई भोली अर्थात् 16 जुलाईमा फांसी दिइनुथियो।
विदेश मन्त्रालयको सूत्रहरूले यसको पुष्टि गरेको छ। त्यस अनुसार, भारत सरकार यस जटिल मामिलासित शुरूदेखि नै सक्रिय रूपमा जोड़िएको छ र निमिषा प्रियाको परिवारलाई व्यापक सहायता प्रदान गरिरहेको छ। हालका हप्तामा भारतीय अधिकारीहरूले परिवारलाई विरोक्षी पक्षको साथ पारस्परिक रूपमा स्वीकार्य समाधानसम्म पुग्नका लागि अतिरिक्त समयमा छलफल गर्ने आफ्नो प्रय़ास तीव्र गरेको छ।
सूत्रहरूको भनाई छ, स्थितिको जटिल प्रकृति भएपनि भारतीय राजनयिकहरूले स्थानीय जेल अधिकारीहरू र अभियोजक कार्यालयको साथ नियमित सम्पर्क बनाएर राखेका छन्। यसले फांसी स्थगित गर्नमा महत्वपूर्ण भूमिका निभाएको छ।
निमिषा प्रियालाई 2017 मा एक यमनी नागरिक तलाल अब्दो महदीको हत्याको निम्ति त्यहाँको अदालतले मृत्युदण्ड सुनाएको थियो। उ 2008 मा नर्सको रूपमा काम गर्न यमन गएकी थिइ र पछि 2015 मा उसले आफ्नो क्लीनिक खोलिन्। यमनी कानून अनुसार स्थानीय साथीको आवश्यकताको मध्यनजर उसले महदीको साथ सहयोग गरिन् तर उनीहरूको सम्बन्ध खराब भयो।
प्रियाको आरोप छ, महदीले उसको साथ दुर्व्यवहार गऱ्यो, उसको पासपोर्ट जफत गऱ्यो र आफूलाई उसको पति बतायो। जानकारी अनुसार, 2017 मा उसले आफ्नो पासपोर्ट फिर्ता पाउन महदीलाई बेहोशीको इन्जेक्शन लगाइन्, तर ओवरडोजको कारण महदीको मृत्यु भयो। उसलाई 2018 मा यसको निम्ति दोषी ठहर गरियो, 2020 मा मृत्युदण्ड सुनाइयो र 2023 मा यमनको सर्वोच्च न्यायिक परिषदले उसको सजाय कायम राख्यो।
हिन्दुस्थान समाचार / भवानी थामी