अमरनाथ यात्राः 6,388 जना श्रद्धालुहरूको 14औं समूह
अमरनाथ यात्राः 6,388 जना श्रद्धालुहरूको 14औं समूह


जम्मू, 15 जुलाई (हि.स.)। कड़ा सुरक्षा व्यवस्थाबीच 6,388 तिर्थ यात्रीहरूको 14औं समूह कश्मीर उपत्याका तर्फ प्रस्थान भयो। यी तिर्थ यात्रीहरू आज बिहान 248 वटा वाहनहरूको माध्यमबाट आधार शिविरबाट प्रस्थान भए। यस समूहमा 4886 जना पुरुष, 1308 जना महिला, 15 जना बाल-बालिका, 158 जना साधु औ 21 जना साध्वीहरू सामेल छन्।

मोठ 6,388 जना तिर्थ यात्रीहरूमध्ये 2,501 जना तिर्थयात्रीहरू आज बिहान बालटाल आधार शिविर अनि 3,887 जना पहलगाम आधार शिविरतर्फ प्रस्थान भए जहाँबाट उनीहरू पवित्र गुफा तर्फ प्रस्थान हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande