डानकुनीमा राष्ट्रिय राजमार्गको विस्तारलाई लिएर विवाद
डानकुनीमा राष्ट्रिय राजमार्गको विस्तारलाई लिएर विवाद


हुगली, 15 जुलाई (हि.स.)। दुर्गापुर एक्सप्रेसवे निकट राष्ट्रिय राजमार्ग-19 मा 6लेन बनाउने परियोजना अन्तर्गत जमीन अधिग्रहणको कार्य शुरू हुनसाथ विवाद उत्पन्न भएको छ। केन्द्रिय सड़क परिवहन मन्त्रालयले क्रियान्वयन गरिरहेको यस परियोजनाको निम्ति डानकुनी नगरपालिकाको वार्ड नम्बर-4 अन्तर्गत पर्ने क्षेत्रमा अहिलेसम्ममा लगभग 31 बिघा जमीनलाई अधिग्रहण गरिसकिएको छ।

स्थानीय मानिसहरूको आरोप छ, उनीहरूलाई यस बारेमा कुनै पूर्व सूचना दिइएन र नियमहरूको पालन नगरी जमीन कब्जा गरियो। सबैभन्दा ठूलो असन्तुष्टि यस कुरालाई लिएर भएको छ कि कसैलाई क्षतिपूर्ति समेत दिइएको छैन।

स्थानीय एकजना मानिसहरूले बताए, कुनै योजना छैन, कुनै नोटिस छैन, अचानक सरकारले हाम्रो जमीन खोसिरहेकोछ। हामीले हाम्रो जमीनको बारेमा अनलाइन जाँच गर्दा थाहा लाग्यो, हाम्रो नाममा केही पनि देखाइएको छैन। चारैतिरबाट घेरेर लगभग 31 बिघा हाम्रो जमीन लिसकेको छ।

यस मामिलामा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भाजपाको श्रीरामपुर सांगठनिक जिल्ला उपाध्यक्ष दिलीप सिंहले हिन्दुस्थान समाचार- सित मंगलवार भने, वर्षौंअघि ब्रिजेन ग्रुपले यहाँ काम गर्दा नै स्थानीयहरूलाई जमीनको क्षतिपूर्ति दिइएको थियो। यदि कसैलाई अन्याय भइरहेको लागिरहेको छ भने उनीहरू अदालतमा जान सक्नेछन्। बबाल मच्चाएर कुनै लाभ हुनेवाला छैन।

तृणमूल कंग्रेसका वार्ड काउन्सिलर हसन मण्डलले पनि यस मामिलामा प्रश्न उठाएका छन्। उनले भने, डानकुनी टोल प्लाजाको पश्चिम तर्फ रहेको एउटा बस्तीलाई अचानक उजाड़ बनाइदियो। न कुनै नोटिस, न कुनै चर्चा, रातको अँध्यारोमा जमीनमा चित्र कोरियो। यो जमीन अधिग्रहणको कुनै प्रणाली होइन। जमीन अधिग्रहण एक व्यवस्थित प्रक्रिया हुन्छ जसलाई पूर्ण पारदर्शिता अनि सम्वादको साथमा गरिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande