कोलकाता, 15 जुलाई (हि.स.)। पश्चिम बंगालमा नोकरीको सट्टा घूसको मामिलामा बर्खास्त गरिएका सरकारी स्कूलका शिक्षकहरूले फेरि एकपटक आन्दोलन गर्ने चेताउनी दिएका छन्। गए सोमवार यी पूर्व शिक्षकहरूले राज्य सचिवालय 'नवान्न'-सम्म मार्च गर्ने चेष्टा गरे जहाँ उनीहरूले मुख्यमन्त्री ममता ब्यनर्जीसित भेट गरेर आफ्नो माग राख्न चाहन्थे, तर पुलिसले उनीहरूलाई रोक्यो।
पूर्व शिक्षकहरूको प्रमुख माग छ, वर्ष 2016-मा नियुक्त भएका दागमुक्त उम्मेद्वारहरूको सूची सार्वजनिक गरियोस् अनि सुप्रीम कोर्टको निर्देशआनुसार उनीहरूलाई पुनः परीक्षा दिनको लागि अतिरिक्त पद उपलब्ध गराइयोस्। सुप्रीम कोर्टले विगत 3 अप्रेलको दिन 25,752 जना शिक्षक अनि अशिक्षण कर्मचारीहरूको नियुक्तिलाई रद्द गरिदिएको थियो भने 17 अप्रेलमा यो आदेश दिएको थियो, केवल दागमुक्त शिक्षकहरू नै 31 दिसम्बरसम्म सेवामा कायम रहन सक्नेछन्, तर उनीहरूले पुनःचयन परीक्षा उतीर्ण गर्नुपर्नेछ।
पूर्व शिक्षक नेता चिन्मय मण्डलले भने, उनको मानसिक तथा आयु सम्बन्धि स्थिति अब यस्तो छैन कि उनले फेरि वर्ष 2016-मा जस्तो नोकरी पाउनको लागि नयाँ पिँढ़ीसित प्रतिस्पर्धा गर्न सकुन्। उनले भने, तत्काल दागमुक्त शिक्षकहरूको सूची जारी गर्नुपर्छ। तब मात्र यो संकटको समाधान हुनेछ।
अर्का शिक्षक नेता सुमन बिस्वासले भने, अब उनीहरूले सरकारसित कुनै बैठक गर्ने छैनन्। अब उनीहरूको आन्दोलन सड़कमा मात्र हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा