भारी वर्षाको कारण पुरूलियामा माटोको घर भयो धराशायी, दबिएर तीन जनाको मृत्यु
भारी वर्षाको कारण पुरूलियामा माटोको घर भयो धराशायी, दबिएर तीन जनाको मृत्यु


पुरुलिया, 15 जुलाई (हि.स.)। पश्चिम बंगालमा पुरुलिया जिल्लाको रामाइगढ़ा-1 ग्राम पञ्चायतस्थित शबरटोला क्षेत्रमा घना वर्षाको कारण माटोको घर भत्केर तीन जना मानिसहरूको ज्यान गयो भने तीन जना घाइते भए।

स्थानीय सूत्र औ पुलिसबाट प्राप्त जानकारी अनुसार दुर्घटनाग्रस्त घरमा छह जना मानिसहरू बस्थे। बितेका केही दिनदेखिको क्षेत्रमा अविरल वर्षा भइरहेको थियो जसकारण भूमि नरम भइसकेको थियो। गए सोमवार राति अत्यधिक मात्रामा पानी परेको कारण माटोको घर अचानक ढल्यो जतिबेला घरका सबै सदस्यहरू घरभित्र सुतिरहेका थिए।

घरका अवशेषहरूमा पुरिएका कारण तीन जनाको घटनास्थलमै मृत्यु भयो भने अन्य तीन जनालाई गम्भीर अवस्थामा बाहिर निकालियो। दुर्घटनाको सूचना पाउनसाथ मंगलवार बिहान घटनास्थलमा पुगेको टामना थानाको पुलिसले अवशेषहरूलाई हटाएर शवहरूलाई बाहिर निकाल्यो। घाइतेहरूलाई पहिला स्थानीय चाकलतोड़ ग्रामीण अस्पतालमा भर्ती गरियो जहाँबाट उनीहरूलाई पुरूलिया मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। मृतकहरूको पहिचान हुन सकेको छैन।

यस घटनापछि प्रश्न उठिरहेको छ, आखिर आजको समयमा पनि उनीहरू माटोको घरमा किन बस्दै आइरहेका थिए? जबकि प्रधानमन्त्री आवास योजना अन्तर्गत पक्का घर दिइएको थियो। जिल्ला परिषदकी सभापति निवेदिता महतोले भनिन्, उनीहरूलाई आवास योजना अन्तर्गत घर दिइएको थियो, तर उनीहरू त्यहाँ बस्दैनन् थिए। उनीहरू जंगलबीच सुनसान ठाउँमा रहेको माटाको घरमा बस्थे। प्रशासनले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande