सिलगढ़ी, 15 जुलाई (हि.स.)। बिमार पत्नीलाई औषधिको सट्टा बिष दिएर ज्यान लिने चेष्टा गरेको अमानुषिक घटना मंगलवार प्रकाशमा आएको छ। घटना नक्सलबाड़ीको म्यारीब्युटी गार्डनमा भएको हो। आरोपी पतिलाई सिकायतको आधारमा पक्राउ गरिएको छ। पतिको नाम मोहम्मद सुल्तान हो भने बिमार पत्नीको नाम तनुजा खातून हो जो उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा चिकित्साधिन छन्।
सूत्र अनुसार गत शनिवार राति घरमा पति-पत्नीबीच कुनै कुरालाई लिएर झगड़ा भएको थियो। यसको केही दिनपछि पत्नी तनुजा बिमार भइन्। आरोप छ, बिमार तनुजालाई आरोपी पतिले औषधिको सट्टा बिष खुवायो जसले गर्दा तनुजा रात पर्दै गएपछि अझ गम्भीर रूपमा बिमार भइन्। तनुजालाई नक्सलबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँबाट उसलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो जहाँ हाल उ चिकित्साधिन छन्।
यसबीच तनुजाका पिताले सम्पूर्ण मामिलाको लिखित सिकायत नक्लबाड़ी थानामा दर्ता गराए। सोही सिकायतको आधारमा नक्सलबाड़ी थानाको पुलिसले जाँच गरेपछि आरोपीलाई पक्राउ गऱ्यो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा