छत्तीसगढ़मा नौ जना श्रमिकहरूको कथित पक्राउलाई लिएर महुआ मोइत्राको आरोपः सरकारी संरक्षणमा भइरहेको छ अपहरण
छत्तीसगढ़मा नौ जना श्रमिकहरूको कथित पक्राउलाई लिएर महुआ मोइत्राको आरोपः सरकारी संरक्षणमा भइरहेको छ अपहरण


कोलकाता, 15 जुलाई (हि.स.)। तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले छत्तीसगढ़ पुलिसमाथि नौजना बंगलाभाषी श्रमिकहरूलाई अवैध रूपमा हिरासतमा लिएको गम्भीर आरोप लगाएकी छन्। उनले एउटा भीडियो जारी गरी बताइन्, उनको लोकसभा क्षेत्र कृष्णनगरका यी श्रमिकहरूलाई कुनै प्रकारको कानूनी प्रक्रिया पालन नगरी जेलमा थुनिएको छ।

महुआ अनुसार यी सबै श्रमिकहरू छत्तीसगढ़को कोन्दगाउँ जिल्लाको एक स्कूल निर्माणमा कार्यरत् थिए। तर शनिवार पुलिसले यिनीहरूलाई यिनीहरूको ठेगानाबाट लिएर गयो। उनले दाबी गरिन्, यी श्रमिकहरूसित सबै प्रकारका दस्तावेजहरू हुँदाहुँदै पनि यिनीहरूलाई पक्राउ गरियो र यिनीहरूको मोबाइल फोन पनि खोसियो जसले गर्दा यिनीहरूको आफ्नो परिवारसित सम्पर्क हुन सकेन।

महुआले भनिन्, घटना घटेको तीन दिन बितेपछि पनि यो स्पष्ट हुन सकेको छैन कि यी श्रमिकहरूलाई कहाँ राखिएको छ। एक्स (पूर्व ट्विटर)-मा उनले लेखिन्, “बिना डिटेन्शन अर्डर, बिना सुनवाई एवं बिना वकिलहरूको सहयोग यी नौजना श्रमिकहरूलाई जेलमा थुनिएको छ। यो पूर्ण रूपले राज्य सरकारद्वारा प्रायोजित अपहरण जस्तै हो।”

स्थानीय पुलिस अधीक्षकद्वारा यो जानकारी दिइयो, यी श्रमिकहरूमाथि केही आदिवासी महिलाहरूसित बलात्कार गरेको आरोप छ। तर महुआको भनाइ छ, यदि यस्तो कुनै आरोप छ भने कानूनी प्रक्रियालाई पालन गर्न अनिवार्य छ। उनले यसलाई बंगालीहरू विरूद्ध गहिरिँदै गइरहेको पूर्वाग्रहको उदाहरण बताइन्।

महुआले यो पनि आरोप लगाइन्, ओडिशा, दिल्ली औ अब छत्तीसगढ़ जस्ता राज्यहरूमा बंगालीहरूलाई “बंगलादेशी” भनेर लक्षित गरिँदैछ। उनले यो पनि भनिन्, केही क्षेत्रहरूमा उनीहरूलाई बिजुली र पानीको आपूर्तिदेखि वञ्चित गरिँदैछ।

यस मुद्दामा मुख्यमन्त्री ममता ब्यानर्जीले पनि पहिला नै चिन्ता व्यक्त गरिसकेकी छन्। केही दिनपूर्व उनले पनि सोशल मीडियामा लेखेकी थिइन्, बंगाली बोल्नेहरूसित देशभरि नै अन्याय भइरहेको छ। यसबीच छत्तीसगढ़को तादा घटना यस्तो समयमा सामु आएको छ जतिबेला ममता ब्यानर्जीले बंगालीहरूमाथि भइरहेको अत्याचारविरूद्ध राज्यव्यापी विरोध मार्च गर्ने घोषणा गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande