पूर्व बर्दवान, 15 जुलाई (हि. स.)। जिल्लाको भातार क्षेत्रमा अवस्थित एक पेट्रोल पम्पमा कथित रूपमा पेट्रोलमा पानी मिसाएको आरोपलाई लिएर मंगलवार स्थानीय मानिसहरूले व्यापक विरोध प्रदर्शन गरे। यस घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भयो। सूचना पाउनसाथ भातार थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।
यो पेट्रोल पम्प भातारको बेलेंडा गाउँको मोड़ नजिकै, बर्दवान-काटा राज्य सड़कको किनारमा अवस्थित छ। मंगलवार बिहान केही बाइक सवारहरूले यस पम्पबाट पेट्रोल भरेका थिए। आरोप छ, पेट्रोल भरेको केही क्षणपछि नै उनीहरूको बाइकको इञ्जीन बन्द भयो। उनीहरूले आफ्नो वाहनलाई म्याकेनिक कहाँ पुऱ्याएर जाँच गराउँदै थाहा लाग्यो, पेट्रोलमा पानी मिसिएको थियो जसले गर्दा इञ्जीनले काम गर्न छोड़ेको थियो। त्यसपछि आक्रोशित स्थानीय मानिसहरू एकजुट भएर पम्पमा पुगे अनि पम्प प्रबन्धनको विरोधमा प्रदर्शन शुरू गरे।
स्थानीय मानिसहरूको आरोप छ, यो पहिलो पटक भएको होइन, पहिला पनि यस पेट्रोल पम्पमा मिसावटी पेट्रोल दिइएको सिकायत सामु आइसकेको छ। स्थितिलाई ध्यानमा राखेर पम्प प्रबन्धनले हाल पेट्रोल पम्पलाई बन्द गरिदिएको छ। स्थानीय मानिसहरूले पुलिससित सिकायत गरेका छन्। भातार थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा