शिमला, 15 जुलाई (हि.स.)। हिमाचल प्रदेशमा यस पालि मनसुन कहर भएर बर्सेको छ। बादलहरूको निर्दयी वर्षाले एकातिर जनजीवनलाई पूर्ण रूपले अस्तव्यस्त बनाएको छ भने अर्कोतिर बादल फाट्ने, पैह्रो जाने, बाढ़ी आउने जस्ता घटनाले अहिलेसम्ममा यस प्रदेशमा धेरै नोक्सान पुऱ्याइसकेको छ। सरकारलाई लगभग 786 करोड़ रुपियाँको सम्पत्तिको नोक्सान भएको अनुमान लगाइएको छ. राज्यमा मनसुनले गत 20 जूनमा कदम राखेको थियो। तबदेखि 25 दिनभित्रमा प्रदेशमा वर्षा जनित दुर्घटनामा 105 जना मानिसहरूले ज्यान गुमाइसकेका छन् भने 35 जना बेपत्ता साथै 184 जना घाइते भएका छन्।
मृत्युको आँकड़ालाई हेऱ्यौं भने मण्डी जिल्लामा सर्वादिक 21 जना मानिसहरूको मृत्यु भएको छ। यसरी नै कांगड़ामा 17, कुल्लूमा 11, चम्बामा 9, हमिरपुर, बिलासपुर र ऊना जिल्लामा 8-8 जना मानिसहरूको मृत्यु दर्ता गरिएको छ। यसपालिको मनसुन सिजनमा 1046 वटा घर आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएकोछ, 188 वटा पसल र 798 गौशालाहरू ध्वस्त भइसकेका छन्। मण्डी जिल्लामा मात्र 856 वटा घर, 166 वटा पसल एवं 644 वटा गौशालाहरू प्रभावित भएका छन्। गत 30 जूनको राती मण्डीमा बादल फाटेर भएका 12 वटा घटनाहरूले जिल्लामा सबैभन्दा अधिक नोक्सान पुऱ्याएको छ।
आपदाले मानिसहरूको घर, जीवनलाई मात्र प्रभावित पारेन जबकि कृषि एवं पशुपालनलाई पनि गहिरो नोक्सान पुऱ्याएको छ। अहिलेसम्ममा 21,500 पोल्ट्री पक्षी र 954 अऩ्य पशुहरूको मृत्यु भइसकेको छ। यस मनसुनमा अहिलेसम्ममा बादल फाटेको 22 वटा, फ्ल्याश फ्लड 31 वटा अनि पैह्लो गएको 18 वटा घटनाहरू दर्ता गरिसकिएको छ। मण्डी अतिरिक्त कांगड़ा र कुल्लूमा पनि बाढ़ीले व्यापक क्षति पुऱ्याएको छ।
प्रदेश सरकार मुताविक मनसुनले सबैभन्दा अधिक क्षति जल शक्ति विभागलाई पुऱ्याएको छ जसलाई लगभग 414 करोड़ रुपियाँको सम्पत्तिको नोक्सान भएको छ। आगामी दिनमा वर्षाको सिलसिला जारी रहने चेताउनीले सरकार अनि आम मानिसहरूको चिन्तालाई बढ़ाइदिएको छ। प्रशासनले लगातार स्थितिमाथि नजर राखिरहेको छ। तर पहाड़ी क्षेत्रमा सड़कमा पानी बगेको तथा पैह्रो गएको घटनाले राहत कार्य बाधित भइरहेको छ।
मौसम विभागले आगामी 21 जुलाईसम्म राज्यका केही भागहरूमा घना वर्षाको यल्लो अलर्ट जारी गरेको छ। बितेको 24 घण्टामा शिमला जिल्लाको जुब्बड़हटीमा सर्वाधिक 56 मिमी वर्ता गरियो।
यस अतिरिक्त काहुमा 39 मिमी, बिलासपुर र सलापड़मा 30-30 मिमी, कसौलीमा 28 मिमी, धर्मपुरमा 24 मिमी औ कुफरीमा 23 मिमी वर्षा भएको छ।
वर्षा पैह्रोले हिमाचलमा यातायात पूर्ण रूपले प्रभावित भएको छ। राज्य आपतकालीन परिचालन केन्द्र अऩुसार मंगलवार बिहानसम्ममा प्रदेशमा 220 वटा सड़कहरू बन्दछन्। 67 वटा बिजुली ट्रान्सफर्मर औ 153 वटा पेयजल योजनाहरू ठप्प भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा