नवनियुक्त एसजेडीए चेयरम्यानले गरे बैठक
नवनियुक्त एसजेडीए चेयरम्यानले गरे बैठक


सिलगढ़ी, 15 जुलाई (हि.स.)। सिलगढ़ी-जलपाईगुड़ी डेभलपमेन्ट अथोरिटी (एसजेडीए)- का चेयरम्यानको कार्यभार ग्रहण गरेपछि दिलीप दुग्गड़ले मंगलवार पहिलो बैठक गरे। प्राप्त जानकारी अनुसार बैठकमा एसजेडीएका चेयरम्यान दिलीप दुग्गड़ले मुख्य रूपमा शहरका यातायात समस्याहरूको समाधानलाई लिएर विशेष चर्चा गरे। त्यसपछि विधाननगरमा प्रस्तावित अनारस केन्द्र अनि उत्तर बंगालमा पर्यटनको विकासमाथि केन्द्रित एक पर्यटन केन्द्रको निर्माणलाई लिएर विचार-विमर्श गरे। उनले यी परियोजनाहरूको क्रियान्वयनमाथि पनि चर्चा गरे।

एसजेडीएका चेयरम्यान दिलीप दुग्गड़ले भने, सिलगढ़ी शहर एवं वरपरका क्षेत्रहरूको समग्र विकासको लागि योजनाबद्ध ढंगमा पहल गरिनेछ। आगामी दिनमा अन्य बैठकहरूपनि गरिनेछ। यस बैठकमा सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोष, सहायक सभाधिपति रोमा रेशमी एक्का, सिलगढी नगर निगमका चेयरम्यान तथा एसजेडीएका भाइस चेयरम्यान प्रतुल चक्रवर्ती, एसजेडीएकी सीईओ अर्चना वानखेड़े समेत अन्य अधिकारी उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande