पद्मश्री साहित्यकार सानु लामाको निधनमा शोकसभा
पद्मश्री साहित्यकार सानु लामाको निधनमा शोकसभा


खरसाङ, 16 जुलाई (हि.स.)। पद्मश्री सम्मानले सम्मानित साहित्यकार सानु लामाको निधनमा सालबारीमा शोकसभा सम्पन्न भएको छ। सालबारीको शब्द समयको आयोजनामा सम्पन्न शोक-सभामा वरिष्ठ साहित्यकारहरु मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, डा. सञ्जय बान्तवा र राजा पुनियानीले आ-आफ्नो वक्तव्यमा सानु लामाको जीवनका विभिन्न पाटामाथि प्रकाश पारे। उनीहरूले नेपाली आख्यानमा, विशेष गरी कथामा स्वर्गीय सानु लामाको ठूलो योगदान रहेको कुरा जनाए।

लीलबहादुर सोनारले आफ्नो वक्तव्यमा पद्मश्री सानु लामा जस्ता मूर्धन्य आख्यानकारको निधन नेपाली साहित्यमा एउटा अपूरणीय क्षति हो भनी बताए। शोक सभामा दिवंगतको आत्माले स्वर्गमा वास पाओस् भनी कामना गर्दै एक मिनटको मौन धारण गरियो।

सभामा डा. हेमन्त काँफ्ले, मणिकुमार प्रधान, पूर्ण मंगर, नरबहादुर छेत्री जस्ता स्रष्टाहरूको पनि उपस्थिति थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande