बन्दीले जेलभित्रै आत्महत्या गरे
बन्दीले जेलभित्रै आत्महत्या गरे


नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। तिहाड़ जेलको अस्पतालमा एकजना बन्दीले फाँसी लगाएर आत्महत्या गरे। जेलका प्रवक्ता अरविन्द कुमार अनुसार मृतकको पहिचान रमेश कर्मकारको रूपमा भएको छ। मृतक रमेश कर्मकारले जेल अस्पतालमा फाँसी लगाएर आत्महत्या गरेका छन्। यो घटना गत 13 जुलाईको राति प्रकाशमा आएको थियो जतिबेला रमेशको शवलाई जेल नम्बर-3 को अस्पतालको झ्यालमा झुण्डिरहेको भेटियो।

जेलका प्रवक्ता अनुसार बन्दी रमेशलाई गत 28 जूनमा स्वास्थ्यसित सम्बन्धित समस्या भएको कारण तिहाड़ जेलकै अस्पतालमा भर्ती गरिएको थियो। शनिवार राती रमेश आफ्नो वार्डमा एक्लै थिए। यसै अवधि उसले फाँसी लगाएर आत्महत्या गरे। 14 जुलाईको बिहान जेल स्टाफहरू नियमित निरीक्षणमा आउँदा यस घटनाको खुलासा भयो। तुरून्त वरिष्ठ अधिकारीहरूलाई सूचित गरेर पुलिसलाई बोलाइयो। जेल सूत्र अनुसार रमेश कर्मकार हत्याको मामिलामा जेलमा थुनिएका थिए। हाल हरिनगर थानाको पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

पुलिसका एक जना वरिष्ठ अधिकारी अनुसार सूचना पाउनसाथ घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्न पठाइएको छ। प्रारम्भिक जाँचमा मामिला आत्महत्या प्रतीत भइरहेको छ, तर पुलिसले हरेक कोणबाट जाँच गरिरहेको छ। पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरहेको छ, रमेश कुनै मानसिक दबावमा थिए वा जेलमा उसित कुनै प्रकारको दुर्व्यवहार भइरहेको थियो जसले गर्दा उ यो कदम उठाउन बाध्य भयो। हाल पुलिसले जेलको सीसीटीभी फुटेजको सहयोगमा मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande