वित्तीय घोटालाको आरोपमा समवाय समिति लिमिटेडका निदेशक पक्राउ
वित्तीय घोटालाको आरोपमा समवाय समिति लिमिटेडका निदेशक पक्राउ


गोलाघाट (असम), 15 जुलाई (हि.स.)। जिल्लाको बोकाखातस्थित भारती सञ्चय औ ऋण प्रदान समवाय समिती लिमिटेडका निदेशक मञ्जिल पेगुलाई पुलिसले पक्राउ गरेको छ। बोकाखात पुलिसले आज बताएको छ, गए राती जोरहाट जिल्लाको लिचुबारीबाट मञ्जिल पेगुलाई बोकाखात पुलिसले पक्राउ गरेको छ।

पछिल्लो तीन वर्षको वित्तीय रिपोर्टमो व्यापक वित्तीय घोटाला गरेको आरोप समवाय समितिमाथि लगाइएको थियो जसकारण जोरहाटका रजिस्ट्रर को-अपरेटिभ सोसाइटीले समवायलाई बन्द गरिदिएको छ। समवाय बन्द भएपछि जमाकर्ताहरू आफ्नो प्राप्य धनको खोजीमा चिन्तित भइरहेका थिए।

पक्रा पर्ने निदेशक मञ्जिल पेगुसित बोकाखात पुलिसले गहन जाँचबुझ गरिरहेको छ। हाल बोकाखात पुलिसले कतिपय जानकारीहरू सार्वजनिक गरेको छैन। यसबीच बोकाखातको भारती सञ्चय औ ऋण प्रदान सहकारी समिति लिमिटेडको वित्तीय घोटालाको सन्दर्भमा निदेशक लगायत बोर्डका सबै मानिसहरूलाई पक्राउ गर्ने माग गर्दै राइजर दलको बोकाखात महकुमा समितिको सौजन्यमा विरोध कार्यक्रम आयोजना गरियो।

विरोध कार्यक्रममा सामेल मानिसहरूले अभियुक्तहरूविरूद्ध कारबाही गर्नको साथै प्राप्य धन फर्काउने माग गर्दै बोकाखातको समजिला आयुक्तलाई एक स्मारक पत्र प्रदान गरेका छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande