उल्फा (आई)-का सातजना सहयोगीलाई समातियो
उल्फा (आई)-का सातजना सहयोगीलाई समातियो


चराईदेव (असम), 15 जुलाई (हि.स.)। सोनारी पुलिसले प्रतिबन्धित संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम-इण्डिपेन्डेण्ट (उल्फा-आई)-को विरोधमा निरन्तर अभियान संचालन गर्दै आइरहेको छ। चराईदेव पुलिसको अभियान अन्तर्गत एकपछि अर्को उल्फा (आई)-का सहयोगीहरू पक्रा परिरहेका छन्। सोनारी पुलिसले मंगलवार पनि उल्फा (आई)-का सातजना सहयोगीहरूलाई पक्राउ गरेको छ। केही दिनअघि राज्यका भिन्न-भिन्न क्षेत्रबाट उल्फा (आई)-का चारजना सहयोगीहरूलाई सोनारी पुलिसले पक्राउ गरेको थियो।

सोनारी पुलिस अनुसार पक्रा पर्ने सहयोगीहरूमा मनोज तालुकदार, निमा तामाङ, ममिन खान, पवन बेहरा, रमेश दास, हाफिजुद्दीन नवाब र गरमनी सिंह सामेल छन्। तालुकदारबाट सोनारी पुलिस थानामा जाँचबुझ जारी राखिएको छ भने अन्य उल्फा (आई)-का सहयोगीहरूसित सापेखाती पुलिस थानाले जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande