भारत-बंगलादेश सीमामा तस्कर बीएसएफको पञ्जामा
भारत-बंगलादेश सीमामा तस्कर बीएसएफको पञ्जामा


दक्षिण दिनाजपुर, 15 जुलाई (हि. स.)। उत्तर बंगाल फ्रण्टियर अन्तर्गत सेक्टर रायगञ्जको सतर्क सीमा सुरक्षा बल (बीएसएफ)- का जवानहरूले एकजना भारतीय तस्करलाई समातेका छन्। पक्रा पर्ने तस्करको नाम मोनजुरूल मण्डल (29) हो जो कुमारगञ्ज थाना अन्तर्गतको क्षेत्रमा बस्छ। तस्करबाट प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरप जफ्त गरिएको छ। बीएसएफले मंगलवार प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी दिएको छ।बीएसएफ अनुसार आरोपीलाई 125 बोतल कफ सिरप सहित त्यसबेला पक्राउ गरियो जतिबेला यी वस्तुहरूलाई उसले भारतदेखि बंगलादेशमा तस्करी गर्ने चेष्टा गरिरहेको थियो। आरोपीलाई अग्रिम जाँचको निम्ति कुमारगञ्ज थानालाई सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande