बाँकुड़ा, 15 जुलाई (हि.स.)। जाली अनुसूचित जनजाति प्रमाणपत्रको आधारमा बाँकुड़ा सम्मिलनी मेडिकल कलेजमा प्रवेश पाउने छात्रा जुही कोलेलाई कलेज प्रशासनले निष्कासन गरिदिएको छ। चार वर्षसम्म डाक्टरको पढ़ाई गरेपछि उसको जातीय प्रमाणपत्र जाली रहेको खुलासा भयो। यो मामिला उजागर हुनसाथ कलेज प्रशासनले छात्राविरूद्ध बाँकुड़ा सदर थानामा लिखित सिकायत दर्ता गराएको छ।
कलेज सूत्र अनुसार जुही कोलेले वर्ष 2022- मा नीट परीक्षा उतीर्ण गरेपछि अनुसूचित जनजाति आरक्षित सीटमा बाँकुड़ा सम्मिलनी मेडिकल कलेजमा प्रवेश पाएकी थिइन्। तर उसको उपनाम र जातिगत प्रमाणपत्रलाई हेर्दा कलेज प्रशासनलाई शंका लाग्यो। किनभने प्रमाणपत्र जलपाईगुड़ी जिल्लाबाट जारी गरिएको थियो, त्यसैले त्यसको सत्यताको जाँचको लागि त्यसलाई त्यहाँको एसडीओ कार्यालयमा पठाइयो। यसको साथै प्रमाण पत्रको जाँचको लागि पछौटे वर्ग कल्याण विभागमा पनि आवेदन गरियो।
हालैमा दुवै विभागबाट यो पुष्टि भयो कि जुही कोलेद्वारा प्रस्तुत गरिएको जातीय प्रमाणपत्र जाली हो। त्यसपछि आदिवासी संगठनहरूले कलेज परिसरमा विरोध प्रदर्शन गरे अनि छात्रालाई तत्काल निष्कासित गर्ने मागमा कलेज घेराउ गरे। बढ़्दो जनदबावको कारणले स्वास्थ्य भवनले सोमवार साँझ कलेजलाई निर्देश दियो, छात्रालाई तत्काल निष्कासित गरियोस्।
त्यसपछि कलेज प्रशासनले छात्रालाई निष्कासित मात्र गरेन जबकि उसको विरोधमा धोकाधड़ीको आरोपमा बाँकुड़ा सदर थानामा सिकायत पनि दर्ता गरायो। यस सम्पूर्ण घटनाक्रममा कलेजका प्राचार्य पंचानन कुण्डुले मंगलवार भने, वर्ष 2022-को अन्तमा उसको प्रवेश भएको थियो जुन प्रमाणपत्र उसले जमा गरेकी थिई त्यसमाथि सन्देह लाग्यो। स्वास्थ्य भवनको निगरानीमा जाँच शुरू भयो र त्यहाँबाट निर्देश आउनसाथ छात्रालाई कलेजबाट हटाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा