स्टीफन कलेज र अर्को स्कूललाई बमले उड़ाउने धम्की
स्टीफन कलेज र अर्को स्कूललाई बमले उड़ाउने धम्की


नयाँ दिल्ली, 15 जुलाई (हि.स.)। दिल्लीमा मंगलवार डीयू अधिनस्थ सेन्ट स्टीफन कलेज र छावलाको सेंट थोमस स्कूललाई बमले उड़ाउने धम्की प्राप्त भयो। कसैले ई-मेल मार्फत स्कूलमा आरडीएक्स र आईईडी राखिएको जानकारी दियो। ई-मेल प्राप्त हुनसाथ स्कूल अनि कलेजको पक्षबाट तुरून्त पुलिसलाई सूचना दिइयो। तत्कालै पुलिसका वरिष्ठ अधिकारी बम अनि डग स्क्वायड सहित घटनास्थलमा पुगे। स्कूल र कलेज परिसरलाई खाली गराएर खोजी अभियान शुरू गरियो। घण्टौंसम्म जाँच गर्दा पनि पुलिसको हातमा केही परेन। त्यसपछि यसलाई हक्स-को संज्ञा दिइयो। छावला र मौरिस नगर थानामा मामिला दर्ता गरी जाँच शुरू गरिएको छ। स्थानीय पुलिसले साइबर एक्सप्रटको सहयोगले ई-मेल गर्ने आरोपीसम्म पुग्ने प्रयास गरिरहेको छ।

पुलिस मुताविक मंगलवार बिहान मौरिस नगर थाना पुलिसलाई सेन्ट स्टीफन कलेजको पक्षबाट एउटा कल प्राप्त भएको थियो। कलेज प्रशासनले बतायो, कसैले ई-मेल गरेर बताएको छ कि कलेजको लाइब्रेरीमा चारवटा आईईडी बम र दुईवटा आरडीएक्स राखिएको छ। 2 बजे यो विस्फोट हुन्छ। कलेजबाट सिकायत प्राप्त हुनसाथ बम स्क्वायड त्यहाँ पुगेर खोजी अभियानमा जुट्यो, तर केही पनि भेटिएन।

दोस्रो मामिलामा द्वारका जिल्लाका डीसीपी अंकित सिंहले बताए, बिहान लगभग साढ़े आठ बजे उनको टीमलाई सूचना प्राप्त भयो कि सेन्ट थोमस स्कूल, छावलामा बम राखिएको ई-मेल स्कूललाई आएको थियो। खबर पाउनसाथ टीम त्यहाँ पुग्यो। फोन कल गर्दा विद्यार्थीहरू स्कूलमै थिए। स्कूल प्रशासनले सबैभन्दा पहिला स्कूललाई खाली गरायो। त्यहाँको खानतलासी गरियो। स्कूलबाट पनि पुलिसले केही भेटेन। उल्लेखनीय छ, यसपूर्व सोमवार पनि चाणक्यपुरीस्थित नेवी चिल्ड्रेन स्कूल तथा प्रशान्त विहारको सीआरपीएफ स्कूललाई बमले उड़ाउने धम्की प्राप्त भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande