कोलकाता, 15 जुलाई (हि.स.)। आगामी वर्ष 2026- को विधानसभा चुनाउअघि पश्चिम बंगालमा बंगाली अस्मिता (बंगाली पहिचान) फेरि एकपटक राजनीतिको केन्द्र बन्न पुगेको छ। तृणमूल कंग्रेसले भाजपामाथि गैर-बंगाली तथा बंगाल विरोधी मानसिकता फैलाएको आरोप लगाउँदै बुधवार कोलकातामा विशाल ऱ्याली निकाल्ने घोषणा गरेको छ। यस ऱ्यालीको नेतृत्व मुख्यमन्त्री ममता ब्यनर्जी र पार्टी महासचिव अभिषेक ब्यनर्जीले गर्नेछन्।
बंगालमा भाजपाको पहिचानमाथि उठ्यो प्रश्न-
भाजपाको राज्य एकाईले आफूलाई लामो समयदेखिकै बंगालको पार्टी-को रूपमा पेश गर्ने चेष्टा गर्दै आइरहेको छ। मञ्चहरूबाट बंगाली कविता, गीत एवं बंगाली आइकलन जस्तै रवीन्द्रनाथ ठाकुर, सैयद मुझतबा अली तथा सुनिल गांगुलीलाई आधारको रूपमा प्रस्तुत गर्दै आइरहेको छ। नयाँ राज्य अध्यक्ष शमिक भट्टचार्यले पनि बंगाली साहित्य र संस्कृतिलाई पार्टीसित जोड़्ने पहल गरेका छन्। यो चेष्टा त्यसबेला प्रश्नहरूको घेरोभित्र पऱ्यो जतिबेला भाजपाशासित राज्यहरूमा बंगालीहरूसित भइरहेको व्यवहारले विवाद उत्पन्न गरिदियो।
भाजपाशासित राज्यहरूमा बंगालीहरूमाथि अत्याचार गरेको आरोप-
दिल्ली, महाराष्ट्र, ओडिशा, असम औ उत्तर प्रदेश जस्ता राज्यहरूमा बंगाली बोल्ने नागरिकहरूलाई बंगलादेशी घुसपैठी बताउँदै प्रताड़ित गरिएको आरोप लगातार उठिरहेको छ। असममा कुचबिहार निवासी आरती घोष र उत्तम बज्रवासी जस्ता बंगाली नागरिकहरूलाई एनआरसी नोटिस पठाइएको छ जबकि उनीहरू दशकौंदेखि भारतीय नागरिक हुन्।
असमका मुख्यमन्त्री हेमन्त बिस्व सरमाले हालैमा धम्की दिए,आगामी वर्ष 2026-को जनगणनामा बंगालीलाई मातृभाषा बताउनेहरूलाई बंगलादेशी मानिनेछ। यो बयान भाजपाको बंगालमा स्थान बनाउने प्रयासहरूको विरोधमा छ र ममता ब्यनर्जीलाई आक्रामक विरोधको अवसर दिएको छ।
तृणमूलको प्रत्याक्रमण र राजनीतिक रणनीति-
तृणमूल कंग्रेसले हेमन्त बिस्व सरमाको बयानवलाई बंगाली विरोधी बताउँदै यसलाई चुनावी मुद्दा बनाउने फसेला लिएको छ। वर्ष 2021-को चुनाउमा पनि तृणमूलले बंगाली बनाम बाहिरको न्यारेटिभलाई हतियार बनाएको थियो भने यसपालि पनि पार्टी त्यै मार्गमा अग्रसर हुन तयार छ। पार्टीको मान्यता छ, भाजपाशासित राज्यहरूमा बंगालीहरूसित भइरहेको व्यवहारले उनीहरूको संवेदनशील भोट ब्यांक-लाई झक्झकाइदिएको छ।
भाजपाको स्पष्टिकरण र आन्तरिक असन्तोष-
भाजपाका राज्य अध्यक्ष शमिक भट्टचार्यले तृणमूलमाथि जवाफी हमला गर्दै भने, ममता ब्यनर्जीको तुष्टिकरणको राजनीतिले गर्दा बंगालीहरूलाई अन्य राज्यहरूमा विभिन्न समस्याको सामना गर्न परिरहेको छ। उनले अवैध बंगलादेशी अनुप्रवेशकारीहरूलाई बंगालमा शरण दिएर राज्यको छविलाई नोक्सान पुऱ्याइरहेकी छन्।
तथापि बंगाल भाजपाको एउटा ठूलो वर्गको मान्यता छ, यसप्रकारको तर्कबाट जनतालाई बुझ्न सहज हुनेछैन। पार्टीभित्र यो पनि चर्चा चुलिएको छ कि यदि केन्द्रले यस मुद्दामा स्पष्ट कदम उठाएन भने ममता ब्यनर्जीले यस मुद्दामा चुनावी लाभ उठाउन सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा