चिरांग (असम), 15 जुलाई (हि.स.)। बीटीसीको चिरांग जिल्ला अन्तर्गत भारत-भुटान सीमाको देउश्री-शान्तिपुर क्षेत्रमा मनुष्य अनि हात्ती माझको संघर्षले भयावह रूप धारण गरेको छ। क्षेत्रमा लगातार भइरहेको हात्तीको उत्पातदेखि मुक्ति पाउनका लागि केही मानिसहरूद्वारा जंगली हात्तीहरूको निर्दयतापूर्वक हत्या गरिएको शंका व्यक्त गरिएको छ।
रूणिखाता रेञ्जको चिरांग-रिपु आरक्षित वन क्षेत्र वरपरका दुई भिन्न स्थानमा दुई वटा मादा हात्तीको शव भेटिएको छ। मात्र तीन दिनको अन्तरालमा भएको यस रहस्यमयी मृत्युले मनुष्य-हात्ती संघर्षको समस्यालाई पुनः चर्चामा पुऱ्याएको छ।
दुई दिनपूर्व देउश्री-दादगिरीको आरक्षित वन क्षेत्रमा एउटा मादा हात्तीको शव भेटियो। वन विभागका पशु चिकित्सकहरूको टीमले उक्त हात्तीको पोस्टमर्टम गरी शवलाई दफनाएको मात्र थियो फेरि उनीहरूलाई खबर प्राप्त भयो, लाउखिगुरी गाउँ नजिक नजला नदीको किनारमा फेरि अर्को मादा हात्तीको शव लड़िरहेको छ।
वन विभागको टीम चिकित्सकहरू सहित घटनास्थलमा पुग्दा हात्ती जीवित थियो। उसलाई बचाउने चेष्टा शुरू गरियो, तर उपचारको क्रममा उसको पनि मृत्यु भयो।
वन विभागका पशु चिकित्सक डा. प्रभात बसुमतारीले बताए, प्राथमिक जाँचमा दुवै हात्तीको शरीरमा विषालु पदार्थको अंश भेटिएको छ। कसैले नियोजित ढंगमा विष मिसाएको भोजन यी हात्तीहरूलाई खुवायो जसले गर्दा हात्तीहरूको पेट सड़िन थाल्यो र अन्ततः दुवैको मृत्यु भयो। तथापि मृत्युको वास्तविक कारण पत्तो लगाउन फोरेन्सिक जाँचको निम्ति नमूना संग्रह गरिएको छ।
यस बीच रूणिखाताका वन अधिकारी जसमानिक मुसाहारीले बताए, चिरांग-रिपु आरक्षित वन क्षेत्रमा कारणवश द्रूत गतिमा वनहरूको क्षण भइरहेको छ जसबाट खाद्य संकट उत्पन्न भएको छ। त्यसैले जंगली हात्तीहरूको बथान जंगल छोड़ेर मानव बस्तीहरूमा भोजन खोज्न पुगिरहेको छ जसले गर्दा विगत केही वर्षदेखि यता मानव-हात्ती संघर्ष अझ गहिरिएको छ।
यस्तो संघर्षदेखि बच्नका लागि केही असंवेदनशील मानिसहरूले नियोजित रूपमा भोजनमा विष मिसाएर हात्तीहरूलाई दिएको आशंका व्यक्त गरिएको छ। वन विभागले यी मृत्युको पछाड़ि कुनै गहिरो षड़यन्त्र रहेको शंका व्यक्त गर्दै पुलिसमा मामिला दर्ता गराउने निर्णय लिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा