सड़क दुर्घटनामा दुई युवकको मृत्यु
सड़क दुर्घटनामा दुई युवकको मृत्यु


उत्तर 24 परगना, 15 जुलाई (हि.स.)। बसिरहाट उपमण्डल अन्तर्गत मटिया थाना क्षेत्रमा मंगलवार बिहान भएको भयावह सड़क दुर्घटनामा दुई जना युवकहरूको घटनास्थलमै मृत्यु भयो भने तेस्रो युवक गम्भीर रूपमा घाइते भए जसलाई तत्कालै उपचारको निम्ति कोलकाता रेफर गरिएको छ।

प्राप्त जानकारी अनुसार हाड़ोआ क्षेत्रका तीनजना युवकहरू बिहान बाइकमा सवार भएर स्थानीय बजारतर्फ गइरहेका थिए। बजारमा किनमेल सिद्धाएर टाकी रोड हुँदै आफ्नो घर फर्किने क्रममा उनीहरूको नेहालपुल निकट अचानक विपरीत दिशाबाट आइरहेको द्रूत गतिको दश चक्के ट्रकसित सोझो भिड़न्त भयो। भिड़न्त भयानक थियो जसले गर्दा तीनैजना बाइक सवार युवकहरू उछिटिएर टाड़ामा पुगेर झरे। स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर तीनै जनालाई धान्यकुड़िया ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले भक्ति पद मण्डल (35) र विश्वजीत दास (30)-लाई मृत घोषित गरिदिए। तेस्रो युवकको स्थिति पनि चिन्ताजनक रहेको बताइेको छ जसलाई उन्नत उपचारको निम्ति आर. जी. कर अस्पताल, कोलकातामा भर्ती गराइएको छ।

दुर्घटना भएको सूचना पाउनसाथ मटिया थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिको जायजा लियो। पुलिसले मृतकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि बसिरहाट स्वास्थ्य जिल्ला पुलिसको मुर्दाघरमा पठाइएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, बाइक सवार युवकहरूले हेलमेट लगाएका थिएनन् जसले गर्दा उनीहरूको शिरमा गम्भीर चोट लगेको कारणले उनीहरूलाई बचाउन सकिएन।

स्थानीय नागरिकहरूले दुर्घटनालाई लिएर गहिरो आक्रोश व्यक्त गरेका छन्। उनीहरूले ट्रक चालकलाई चाँड़ै पक्राउ गर्ने माग गरेका छन्। पुलिसले ट्रकलाई जफ्त गरी चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande